स्मारिका-२०६७

नवोदित स्मारिका —२०६७
“भाषाको उत्थान, नेपालीको पहिचान”
नवोदित साहित्यिक वाचनालय, कतारद्वारा संचालित
नवोदित मोवाइल पुुस्तकालयको वार्षिकीको अवसरमा प्रकाशित
“नवोदित स्मारिका—२०६७” प्रकाशन समुह

प्रमुख सल्लाहकार
टी.बी. कार्की

सल्लाहकार
सागर नेपाल
नरेन्द्र भाट
दीपक पौडेल
दिनेश रेग्मी
शिखर बैद्य
नरेश श्रेष्ठ

सम्पादक मण्डल
भोजराज दाहाल “क्याक्टस”
तीर्थ संगम राई
इश्वर दाहाल “कविजी”

सम्पादक सहयोयीहरु
कृष्ण क्षितिज राई
महेन्द्र वियोगी गुरुङ्ग

अतिथि सम्पादक
प्रकाश बञ्जरा “विहानी”
प्रतिनिधिहरु
राजेश्वर ढकाल
महेश्वर नेपाल
प्रेम लामा

व्यपस्थापक संयोजक
पूर्ण के.सी.

व्यवस्थापन सहयोगीहरु
जगतराम बर्देवा “घायल”
देव आवारा राई
चुना पन्त
ज्ञानेन्द्र अम्गाई
तपल तमु
बिशाल बिष्ट

प्रकाशक
नवोदित साहित्यिक वाचानालय, कतार
-------------------------------------------------------------------------------------------------------------

सम्पादकीय

कतार अब मरुमूमि रहेन । नेपाल बसेर बञ्जरभूमि होला भनेर सोचे जस्तो पनि छैन । करिब तीन लाख नेपालीहरु कार्यरत रहेको यो मुलुक सरकारी रेमिट्यान्सको हिसाबले मात्र हैन वर्तमान अवस्थामा साहित्यिक हिसाबले पनि उर्वरमूमि मानिन्छ । साहित्य प्रति बेरुची भएकाहरु पनि कतार प्रवेश गरेपछि साहित्य क्षेत्रमा लागेर राम्रैसँग सहित्यिक छाप छाडेका उदाहरणहरु हामीसँग छन । यो सानो क्षेत्रमा करिब आधा दर्जन साहित्यिक संस्थाहरु पूर्ण सक्रिय हुनु पनि यसको प्रमाण हो । यसै भूमिबाट विभिन्न विधाका दर्जनौ कृतिहरु प्रकाशन भै सकेको अवस्था छ । यसै भूमिमा नेपाली भाषा र साहित्यिको जगेर्ना र उत्थान गर्दै नयाँ सर्जकहरुलाई प्रोत्साहन गर्ने उद्देश्य लिएर “भाषाको उत्थान, नेपालीको पहिचान” भन्ने मुल नाराका साथ स्थापित संस्था हो, नवोदित साहित्यिक वाचनालय । यो नाम पक्कै पनि नौलो हैन । हामीसँग अन्तर हृदयसम्म भिजेको नाम हो । साहित्यका विभिन्न बिधागत प्रशिक्षण, हरेक महिनाको दोस्रो शुक्रबार जेद्धापार्कमा काव्य वाचन कार्यक्रमको सुरुवाद गरेर हाल सम्म निरन्तर रुपमा ३० औं श्रृखला सफलताका साथ पुरा गरिसकेको छ । संविधान सुझावका लागि गोष्ठी गराएर होस या खुल्ला कविता प्रतियोगिता गराएर होस यसले साहित्यको सेवा गर्न चुकेको छैन । यसका अलावा दोहाका सम्पूर्ण नेपालीहरुलाई शिक्षा प्रति आकर्षित र जागरुक बनाउँदै सवल र सक्षम समाज निर्माणमा सहयोग गर्नुपर्छ भन्ने मुल उद्देश्यले विश्वकै नमूनाको रुपमा मोवाईल पुस्तकालय संचालन गरी यहाँहरु समक्ष सेवा प्रदान गरी रहेको कुरा सर्वविदितै छ । झोला मार्फत सानो क्षेत्रबाट शुरु भएको उक्त पुस्तकालय आज बृहत भै सकेको छ । यसरी बृहत बनाउन सहयोग गर्नु हुने हाम्रा समस्त मान्यजनहरु तथा पाठक वृन्दहरु प्रति नवोदित साहित्यिक वाचनालय गर्व गर्दछ । यस वाचनालयले आफ्नो स्थापना काल देखि एउटा अधिवेशन गरी सकेको छ । तर अहिलेको नवोदित हामी सबैको ढुकढुकी बनीसकेको हुँदा कुनै एक कुनामा मात्र सिमित रहन सम्भव छैन । यसै कुरालाई मध्य नजर गर्दै नवोदित साहित्यिक वाचनालयले मोवाइल पुस्तकालयको वार्षिकीको अवसर पारेर स्मारिका प्रकाशन गरिएको हो । नवोदित साहित्य प्रेमीहरुको साझा संस्था भएको कारणले स्मारिका प्रकाशनमा पनि हामी सकेसम्म सचेत बनेका छौ की यो स्मारिका नवोदितको मुखपत्र हैन कतारमा रहेका सम्पूर्ण नेपालीहरुको मुखपत्र बनोस् । साहित्य मात्र नभएर कतारका नेपालीसँग सम्बन्धित सम्पूर्ण क्षेत्र यसले ओगट्दै सम्पूर्ण नेपालीहरुको सन्देश बोकेर आवोस भन्ने हाम्रो अभिलाषा हो । यस क्रममा हामीले सकेसम्म कन्जुस्याई नगरी सामाग्रीहरु समेटेका छौ । कतिपय हामीले राख्न चाहेका लेख रचनाहरु पनि विविध कारणले गर्दा समेट्न सकेनौ साथै कतिपय राख्नै पर्ने सामाग्री पनि छुटेको होला त्यसको लागि सम्पादक मण्डल क्षमा चाहन्छ ।

यो स्मारिका प्रकाशनको लागि हामीलाई लेख रचना उपलब्ध गराएर सहयोग गर्नु हुने सम्पूर्ण लेखक साहित्यकारहरु प्रति हामी आभारी छौ । यो स्मारिकामा आफ्नो तर्फबाट शुभकामना तथा विज्ञापन उपलब्ध गराउनु हुने सम्पूर्ण महानुभाव तथा संघ संस्थाहरु पनि धन्यवादका पात्र हुनुहुन्छ । राजधानी अन्तर्राट्रिय साप्ताहिक तथा संयोजक दीकप पौडेलज्यू प्रति अतिनै कृतज्ञ छोै । साथै यो स्मारिका प्रकाशनमा व्यवस्थापकको भूमिका निर्वाह गरी हामीलाई अति नै सहयोग गर्नु हुने दाई पूर्ण के सीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छौ ।

सम्पादक मण्डल
-------------------------------------------------------------------------------------------------------------

मन्तब्य

साहित्य भावना र संवेगात्मक तरङ्गले शुसोभित पोख्त पाटोको अलावा समाज र राष्ट्र निर्माणको सृजनशिल प्रतिभावना मार्ग दर्शनको स्वर्णिमा बाटो पनि हो । साहित्य, जीवन र जगतको वास्तविकतालाई सार्थकता प्रदान गर्ने कलात्मक सुन्दर दर्पण हो । जहाँ भोगाई र अनुभुति तथा भाव र विचार समय सापेक्ष परिस्कृत हुँदेै नयाँ आयामको उत्साहित खोजीमा भित्रबाट प्रस्फुटित हुन्छ ।

आजको समयसम्म आई पुग्दा साहित्यको धरातलमा विभिन्न कालखण्ड र अनेकौं उतार चढावहरुलाई पार गर्दै संसार कै सचेत र सजक वर्गको रुपमा साहित्य विकसित हुँदै छुट्टै पहिचान बनाउन सक्षम भएको देखिन्छ । अन्तराष्ट्रिय जगतमा पाश्चात्य साहित्य लगायतमा आएको उल्लेखनिय परिवर्तन सँगै नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मिप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, बालकृष्ण सम, गुरुप्रसाद मैनाली, मोतिराम भट्ट लगायत कयौ स्रष्टाहरुले अनवरत रुपमा साहित्यलाई फुलाउन महत्वपूर्ण योगदान पु¥याएका थिए । जसको प्रभाव आजका पुस्तामा कलम चलाएको नवोदितका स्रष्टाहरुसम्म अमिट छाप बनेर रहेको छ भन्न सकिन्छ । विगतमा राजधानी केन्द्रित साहित्य निश्चित कोठामा थियो भने यो घडीमा मोफसल र केन्द्र विचको भिन्नता प्राय अब मेटिदै गई सकेकोछ । यसर्थ पनि मोसफलबाट साहित्यको विजारोपण गर्ने मालिकहरु दिनानु दिन बढिरहने क्रम जारी छ । यसै सन्दर्भमा नेपाली भाषा साहित्यको संरक्षण र विकाशमा प्रवासबाट पनि सक्षम र प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने अठोटका साथ यस दोहा कतारमा करिव साढे तीन लाख नेपालीहरुको माझमा नेतृत्वदायी साझा साहित्यक संस्थाको आवश्यकता महसुस गरी साहित्यक अनुरागी स्रष्टाहरुको सामुहिक प्रयासमा विगत तीन बर्ष पहिले २०६५ सालमा नेपाली दुतावासद्वारा मान्यता लिदै “भाषाको उत्थान, नेपालीको पहिचान” भन्ने मूल उद्घोषका साथ नवोदित साहित्यिक वाचनालय दोहा कतारको स्थापना गरिएको हो ।

साहित्य प्रेमी मनहरुको चाहाना अनुरुप संस्थाले नेपाली भाषा र साहित्यको जर्गेना र उत्थान गर्दै, विकृति र विसंगतिपूर्ण आयातित् विरुद्ध संघर्ष गर्दै, साहित्यकारहरुको हकहित र अधिकार प्राप्तिका लागि सृजनशिल र प्रगतिशिलताको पाईला निरन्तर बढाउँदै, नेपाली जनसमुदायसँगै हातेमालो गदै, विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । साहित्यकारहरुको अकाल्पनिक दुःख, कष्ट र बाधा अड्चनका बाबजुद सुन्दर सृजनाका थुंगाहरुलाई संस्थाले गर्ने हरेक महिनाको दोस्रो शुक्रबारको नियमित वाचन (काब्यिक) श्रृखलाद्वारा स्रष्ट्राहरुको लेखन क्षमतामा थप वृद्धि भएको महसुस गर्न सकिन्छ ।

नेपाली साहित्यका अग्रज स्रष्टाहरु अग्नि शिखा तथा रमेश विकल को असामयिक निधनले साहित्य क्षेत्रमा अपूरणिय क्षतिको दु ःखद घडिमा शोकसभा कार्यक्रम, नयाँ संविधान निर्माणमा साहित्य हक अधिकार र कत्र्तब्य सुनिश्चितताका लागी १६ बुदे माग सहित सुझाब प्रदान, मोबाईल पुस्तकलयद्वारा हजारौ साहित्य प्रेमीहरुलाई पुस्तक पढ्ने ब्यबस्था, प्रथम अधिवेशन २०६६ बृहत रुपमा सम्पन्न, कल्चर सेन्टरको अवधारण, विभिन्न समयमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम लगायत अन्तराष्ट्रिय रुपमा नेपाली साहित्यलाई परिचीत गराउन अन्तराष्ट्रिय संस्थाको रुपमा विस्तार गर्ने सोच सँगै छोटो समयमा नै सस्थाले रचनात्मक एंवम सृजनात्मक अभ्यासको थालनी गरिसकेको छ ।

यहि आउदो १५ जुलाई २०१० का दिन संस्थाले दोस्रो अधिवेशनसँगै विविध साहित्यिक कार्यक्रमको साथमा “नवोदित स्मारिका २०६७” समेत प्रकाशन गरी पाठकहरु समक्ष पु¥याउने जमर्को गरिरहँदा म आफ्नो मन्तब्य तथा दुई शब्द कोर्न पाउँदा हर्श विभोर भएको छु । प्रवासको दुःखदायी जीवनको सर्घषमा आफ्नो देश मातृभूमि प्रतिको स्नेह संगै साहित्यलाई संरक्षण तथा संवद्र्धन गर्दै एक साथ जुट्नु पर्छ भनेर उत्साह साथ जुरमुराएका साहित्य प्रेमी जनआवाज पक्कै पनि भोलिको सुन्दर विहानीको साकार प्रदिप हुन ।

यस संस्थालाई सञ्चालन गर्न आफ्नो स्वार्थ भन्दा माथि रहेर क्रियाशिल रहने सम्पूर्ण कार्य समितिका साहित्यिक मनहरु प्रति आभार ब्यक्त गर्दछु । साथै आजीवन सदस्य, साधरण सदस्य, मानार्थ सदस्य लगाएत हरेक समयमा आवश्यक सहयोग गर्नुहुने बुद्धिजीवि, समाजसेवी, ब्यवसायी, राजनीतिक, पत्रकार, विभिन्न संघसंस्था प्रति साधुवाद दिदै हरेक काब्यिक श्रृखलालाई माया गरेर आउने आम साहित्यअनुरागी मनहरु प्रति विशेष कृतज्ञता जाहेरका साथ नवोदित साहित्य वाचानालयको समुन्नत यात्रामा सफलताको कामना ब्यक्त गर्दछु ।

१६ जुन २०१० संरक्षक
टि .बि. कार्की
नवोदित साहित्य वाचानालय, कतार
-------------------------------------------------------------------------------------------------------------

-------------------------------------------------------------------------------------------------------------
नवोदित साहित्यिक वाचनालय, कतारको
मोवाईल पुस्तकालय समिति
मौजुदा कार्यसमिति


संयोजक
महेन्द्र अदृश्य राई

सचिव
इश्वर दाहाल “कविजी”

कोषाध्यक्ष
राजेश्वर ढकाल

सदस्यहरु
प्रविण राई
किशमा किशोर

मोवाइल पुस्तकालय अभिभावक समिति
संयोजक 
 पूर्ण के सी

सदस्यहरु
 टी.बी. कार्की
सागर नेपाल
प्रज्ञान उदास
नरेन्द्र भाट
नरेश श्रेष्ठ
डा. अजिजुर रहिमान शेष

इकाई समिति सनैया ४३ इकाई समिति

अध्यक्ष
तपल तमु

सचिव
बिमल कोईराला
कोषाध्यक्ष
कमल अधिकारी

सदस्यहरु
श्याम मिजार
ध्रुव खत्री
राजेन्द्र परियार
राजेश गुरुङ्ग
इकाई समिति सनैया ३८ इकाई समिति

अध्यक्ष
बिशाल बिष्ट

उपाध्यक्ष
गोबिन्द बहादुर मगर
सचिव
दामराज मगर

सह सचिव
अशोक राई
कोषाध्यक्ष
चक्र बहादुर नेपाली


सह कोषाध्यक्ष
प्रदीप सुनार

सदस्यहरु
विरेन्द्र कुमाmल
धन प्रसाद मगर
मिलन थापा मगर
देव दर्जी
प्रकाश सिवाकोटी