Home » » नवोदितको दोस्रो स्मारिका विमोचन सहित तेस्रो अधिवेशन सम्पन्न् ।

नवोदितको दोस्रो स्मारिका विमोचन सहित तेस्रो अधिवेशन सम्पन्न् ।

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, July 25, 2011 | सम्प्रेषण समयः 2:27 AM

“भाषाको उत्थान नेपालीको पहिचान” भन्ने मूल उद्घोषका साथ नवोदित साहित्यिक वाचनालय कतार द्धारा यहि २२ जुलाई २०११ का दिन १९८ औँ भानु जयन्तीको अवसरमा नवोदित स्मारिका २०६८ विमोचन तथा तेस्रो अधिवेशन उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष नवराज वि.क.“अटल” को सभापतित्वमा सम्पन्न भयो ।

गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपाल ज्यू को प्रमुख आतिथ्यमा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु एवं उल्लेखनिय साहित्यानुरागीहरुको माझ नवोदितको व्यानर उद्घाटन सहित दीप प्रज्ज्वलन वाट सुरु गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि एवं स्रष्टाहरुले एउटै स्वरमा स्वरबद्ध भएर राष्ट्रिय गान गाएर प्रवासबाट एकताबद्ध भई राष्ट्रलाई सम्झिएका थिए । प्रमुख अतिथि सहित उपस्थित सम्पूर्ण अतिथि एवं स्रष्टाहरुले देशको आमूल परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात  अज्ञात सहीदहरुप्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दै १ मिनेट मौन धारण सहित आदिकवि भानुभक्तको तस्वीरमा पुष्प माल्यार्पण गरेर कार्यक्रम अगाडि बढाएका थिए ।

संस्थाको तर्फबाट युगयोगी राईले उपस्थित सम्पूर्ण अतिथि एवं साहित्यानुरागी मनहरुलाई स्वागत मन्तब्य मार्फत स्वागत गरे भने पासाङ तामाङ्गले स्वागत गजल एवं विजय फोम्बोले स्वागत कविता मार्फत साहित्यानुरागी मनहरुलाई स्वागत गरे । त्यसैगरी राष्ट्रप्रेमले ओतप्रोत गजल “ यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छ्यौ” लाई मिठासपूर्ण स्वरमा पस्किएर एक पटक सबैलाई देशको बारेमा सोच्न बाध्य पार्दै कार्यक्रममा रौनक थपेका  थिए प्रतिभाशाली कलाकार फूल बहादुर ढोडेली मगरले । कार्यक्रममा भानुभक्तको जीवनी माथि प्रकाश पारेका थिए स्रष्टा बसन्तराज लम्साल ले । त्यसैगरी संस्थाका कोषाध्यक्ष महेन्द्र वियोगी गुरुङ्गले वार्षिक आयव्यय विवरण सहित संस्थाको आर्थिक प्रतिवेदन एवं का. वा. महासचिव चुडामणि काफ्लेले संस्थाको बार्षिक गतिविधिलाई प्रष्ट्याएका थिए ।

विभिन्न कठिनाईका बावजुद कतारको भूमीमा विगत साढे ३ वर्ष  देखि  निरन्तर सक्रिय रहँदै अग्रपंक्तिमा रहेर नेपाली भाषा तथा साहित्यको वाङ्मय प्रतिष्ठामा प्रवासबाट पनि महत्वपूर्ण योगदान पु¥याउन संघर्षरत संस्था यस नवोदित साहित्यिक वाचनालयले पुराना अग्रज स्रस्टाहरुलाई सम्मान र नव प्रतिभाहरुलाई प्रोत्साहन गर्दै विबिध साहित्यिक कार्यक्रमहरु गर्दै नियमित मासिक ४३ औँ काव्यिक  वाचन सृखङ्खला पार गरिसकेको अवसरमा खुशी व्यक्त गर्दै तातो मरुभूमीलाई साहित्यमय उद्यान बनाउन सफल नवोदित साहित्यिक वाचनालय आज कतारमा मात्र नभएर संसारभर रहेका नेपाली समुदाय विच चिरपरिचित संस्था बनिसकेको र आगामी दिनहरुमा पनि निरन्तर रुपमा साहित्यिक प्रगाति गर्दै जाओस् भन्दै उपस्थित प्रमुख अतिथि एवं सम्पूर्ण अतिथिहरुले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार हेमन्त परदेशी, बद्रि प्रसाद पराजुली, ईन्दिरा कुँईकेल, अनेसासका प्रतिनिधि हरि बस्नेत, मुगलानी सौगातका प्रधान सम्पादक सेलिङ के.सी., विश्व साहित्य महासंघका सदस्य रेगिस्तानी कवि तिर्थ सङ्गम राई, , नवोदित मोबाईल पुस्तकालयका अध्यक्ष कृष्ण क्षितिज राई, जनजाति महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङ्ग, एन. आर. एन. ए कतारका प्रथम उपाध्यक्ष डा. अजिजुर रहमान सेख, किरात याक्थुम चुम्लुङ्गका प्र. सल्लाहकार दिलकिरण खजुम, लोकतान्त्रिक मन्चका सचिव रामजी गिरी, जनसम्पर्क समितिका सभापति विमल सुबेदी, अन्र्तराट्रिय एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ , समाजसेवी उमेश अधिकारी, चाणक्य पोख्रेल, ईन्जिनियरिङ्ग एसोसिएनका अध्यक्ष अर्जुन भट्टराई, श्रीजनशिल मोरङ्गका अध्यक्ष वाब्राम दाहाल, तनहुँ सेवा समाजका अध्यक्ष निमलाल कुमाल, उदयपुर सेवा समाजका अध्यक्ष राम सुयल, झापा सम्पर्क सेवा समाजका नरेन्द्र भट्टराई, चन्द्रशेर राई, प्रनेश बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि भेषराज पराजुली, सेफ्टी अवेयरनेसका राधाकृष्ण देब , मुस्लीम सेवा समाजका उपाध्यक्ष अब्दुल हाफिज, पत्रकारहरु दिपक पौडेल, दिनेश रेग्मी, लगायत उल्लेखनिय साहित्यानुरागीेहरुको उपस्थिति रहेको थियो । अतिथिहरुले मन्तब्यको क्रममा भानुभक्त आचार्यको चर्चा गर्दै डायस्पोराको साहित्यले समाज परिवर्तन तथा सचेत तथा सबल नागरिक निर्माणमा योगदान दिने हुँदा निरन्तर रुपमा साहित्यको साधना गर्दै अगाडि बढ्नुपर्ने मा जोड दिएका थिए । त्यसै गरि कार्यक्रममा विश्वब्यापी अडियो कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कविता “सपनाको अवसान” कविताका स्रस्टा कवि तथा ब्यङ्गकार चर्चित ढुङ्गेलबाट वाचन गरिएको थियो ।


औपचारिक विविध साहित्यिक कार्यक्रमलाई अध्यक्ष नवराज वि.क. “अटल” ले संस्थालाई स्थापनाकालदेखि हालसम्म सहयोग गर्दै आउनुहुने महानुभावहरुप्रति हिृदयदेखि नै आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग, सल्लाह, र सुझावको अपेक्षा गर्दै आगामी दिनमा नयाँ कार्यससमितिको कार्य सफलताको कामना सहित कार्यक्रमको समापन गर्दै निर्वाचन समितिलाई नयाँ समिति बनाउन हस्तान्तरण गरेका थिए । औपचारिक कार्यक्रमको संचालन चुडामणि काफ्लेले कलात्मक एवं मिठासपूर्ण शैलीमा गरेका थिए । त्यसैगरि कार्यक्रम संचालनको लागि आर्थिक सहयोग गर्ने सहयोगी मनहरुलाई कार्यक्रम सन्चालकले मन्चबाटै धन्यवाद ज्ञापन गरेका थिए ।

निर्वाचन मण्डल समितिका संयोजक सेलिङ के.सी तथा हेमन्त परदेशी र विमल सुबेदीले संस्थाको विधानसम्मत ढङ्गबाट नयाँ नेतृत्वको उमेद्वारीलाई सर्वसहमतिवाट १३ सदस्यीय नयाँ कार्यसमिति महेन्द्र गुरुङ्गको अध्यक्षतामा घोषणा गरेका थिए । जसमा प्रथम उपाध्यक्ष युगयोगी राई, द्धि.उपाध्यक्ष हर्क प्रसाद जिज्ञाशु राई, महासचिव चुडामणि काफ्ले, सचिव बसन्तराज लम्साल, कोषाध्यक्ष उद्धव राई, सहकोषाध्यक्ष विजय फोम्बो, मोबाईल पुस्तक संयोजक पासाङ तामाङ्ग, अन्य सदस्यहरुमा विशाल विष्ट, फूल बहादुर ढोडेली मगर, राजन थापा, पूर्ण बेघा र भिम बहादुर लिम्बु रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई संस्थाका अभिभावक समितिका सदस्य भेषराज पराजुलीले सपथग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष महेन्द्र गुरुङ्गले संस्थाको उन्नति र हितको लागि, नेपाली साहित्यको संरक्षण र सम्बद्र्धनको लागि आपूm र आफ्नो कार्य समिति हर सम्भव दृढ अठोटकासाथ कर्तब्यनिष्ठ  हुँदै जस्तो सुकै परिस्थितिमा पनि संघर्ष गर्दै लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment