दोहा–

टपफर्म रेष्टुरेन्ट दोहामा सम्पन्न उक्त प्रतियोगितामा २० जना प्रतियोगीहरु लाई पछि पार्दै सफल युवा गजलकार रुप रसाइली प्रथम भएका छन् । उनले रु दश हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
द्धितिय स्थानमा ईश्वर शाही तेश्रो स्थानमा खगेन्द्र खिलाफी र सान्त्वना स्थानमा मणी पौडेल भएका छन् । त्यस्तै उत्कृष्ट बाचनमा टिका खड्का छानिएका थिए । उनीहरुले क्रमशः रु सात हजार , पाच हजार , तिन हजार र दुई हजारका दरले नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् ।
सोही अवसरमा अनेसास कतार च्यापटरले आफ्नो पाँचौ अधिवेशन बाट नयाँ कार्यसमिती समेत चयन गरेको छ । अध्यक्ष तिर्थसंगम राई प्रथम उपाध्यक्ष श्यामराज रानाभाट , द्धितिय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई,महासचिव सिताराम थापा , सचिवमा निरन्जन प्रभात लुईटेल ,कोषाध्यषमा मणी पौडेल र सह–कोषाध्यक्षमा ईनोसेन्ट राजन सहित सदस्यहरुमा लेख कार्की,विन्देश्वर ठाकुर, महेश्वर नेपाल र हरि बिनोद अधिकारी रहेका छन ।
हरेक महिना नियमित रुपमा सम्पन्न हुदै आइरहेको अनेसास र नबोदित साहित्य वाचन श्रृंखलाको ४९ औं डबली लाई समेत निरन्तरता दिदै सम्पुर्ण साहित्य अनुरागीहरु ले आफ्नो रचना बाचन गरेका थिए ।
कार्यक्रम को सभापतित्व तिर्थसंगम राई गरेका थिए भने प्रमुख अतिथीमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे रहेका थिए । नबोदित साहित्यिक बाचनालयका अध्यक्ष रबिन्द्र श्रेष्ठ ले मोतीराम भट्ट को जिवनी बारे मा प्रष्ट पारेका थिए । उपस्थित अतिथीरु लाई मुग्लानी सौगात का थर्च लामा ले स्वागत मन्तब्य राखेका थिए ।
0 comments:
Post a Comment