Home » » खबरदार

खबरदार

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Sunday, September 12, 2010 | सम्प्रेषण समयः 11:50 AM

इन्द्रमणी नेपाल
भाटसिपा ९ सिन्धुपाल्चोक
हाल दोहा कतार
देशको हाल बिग्रे, दिन्छ संकेत यो कता
कतै अनिष्ठ पो हुन्छ, डराउछु सधै मता ।।१
हिजोको दिनमा जस्तै, बढ्दैछन झगडाहरु
खिचातानी गरिरहन्छन, सत्तामा रहनेहरु ।।२
भन्थे भाषणमा नेता, लोकतन्त्र सुप्राप्ति भो
निरङ्कुस थिए राजा, त्यसैले जनक्रान्ति भो ।।३
हराए सामन्ति सारा, उदाए सपनाहरु
हुने भो प्रगती माथि, उठ्नेछन जनताहरु ।।४
पलाए मनमा आशा, निर्दोष जनतादिका
पठाए ढुकुटि हेर्न, विश्वासी जो थिए नेता ।।५
भरोसा गर्दथे उन्को, जो नेतागणमा थिए
आँखाका सपना सारा, उनैमा देश सुम्पिए ।।६
जस्तै लङ्गुरले आफ्नो, घर बनाउछ न त
अर्काको घर देखेमा, बिगार्छ सत्य सिद्घ छ ।।७
त्यस्तै भो जङ्गली पारा, बनाएनन् कति पनि
आज औ भोलि झन गर्दै, बिगार्दैछन मातृभुमि ।।८
मौन छन जनता सारा, बोल्दैन प्रकृति पनि
हेप्दै छन जनतालाई, आफ्नै हो विजय भनि ।।९
आउला दिन यौटा त्यो, जसमा राप क्रोधाग्निको
हुनेछ भष्म निश्च्यै जो, बिपक्षि छ जननीको ।।१०
सोच्नुपर्दछ आजै नै, भोलिका दिनमा कतै
पुन विद्रोह पो होला, उठ्लान है जनता सवै ।।११
नआओस् दिन त्यस्तो जुन, जनता पथमा हुने
नगरुन् काम घिन्लाग्दो, सम्झदामा मनै रुने ।।१२
लडेका रुखका ठुला, ठुला मुढाहरु यहाँ
पालुवा हाल्न खोज्दैछन, नयाँ छन निरुवा कहा ।।१३
झट्ट रोपौं बगैचामा, नाम नेपालको ठुलो
दिनेछन् रसिला मिठा, फल सम्पुर्ण प्राप्तिको ।।१४

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment