गजल फणिन्द्र गिरी 'शान्त'
फकायौ छ ठाऊँ दिलैमा भनेर
घडेरी पराई दिलायौ ढलेछु।।
जलाई मुनामै बनायौ खरानी
भरोषा भुमीमा मिलायौ ढलेछु।।
बनाई विहोसी जवानी लुटेर
तगारो बिचैमा सिलायौ ढलेछु।।
सुवास्ना छरेरै फुलेको थिएँ म
नसोची उखल्दै जिलायौ ढलेछु।।
भुजङ्ग प्रयात छन्द.... बहरे मुतकारिब मुसम्मन सालिम
चम्पापुर झापा
Home »
»
सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Friday, March 4, 2011 | सम्प्रेषण समयः 9:47 PM
सम्बन्धित अन्य संप्रेषणहरु:
हाम्रा संप्रेषणका नोटिफिकेशनहरु नियमित रुपमा इमेलमार्फत प्राप्त गर्नका लागि यहाँ क्लिक गरेर हामीलाई Subscribe गनुहोस् । अथवा तल आफ्नो इमेल आइडी टाइप गरी Submit गर्नुहोस् ।



0 comments:
Post a Comment