Home » , » गजल (अगाध स्नेह र प्यार तिमीलाई)

गजल (अगाध स्नेह र प्यार तिमीलाई)

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Friday, August 28, 2015 | सम्प्रेषण समयः 1:44 PM

अगाध स्नेह र प्यार तिमीलाई
जो छ सिङ्गो संसार तिमीलाई ।

म आफै झुकुँला मायामा प्रियसी
सेवाढोक अनि आदर तिमीलाई ।

उजाडमा बरू ती फूलहरू मरून्
हरियाली बसन्त बहार तिमीलाई ।

तिमी साथ भएदेखि वैशाखी काफी
सारा जिन्दगीको आधार तिमीलाई ।

अरूले झैँ सुन र जून दिन सक्दिन
जति भएको मेरो घरबार तिमीलाई ।

बम्जन सुबेन 
बुढानिलकण्ठ, काष्ठमाण्डप ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment