नानु मगर
किचनास–८, स्याङ्जा
हालः कुवेत
अरे!यो मूर्ख को नै जिन्दगानी बन्छ।उहीँ आफन्त मान्छे बेइमानी बन्छ।
दुख्यो छाती मध्ये रातैमा झ-झल्कोले।
त्यहीँ पिरमा रोएरै आँसु पानी बन्छ।
बिचैमा छोडिदा एक्लै बिताए जीवन।
सँधै झै रात भर साथी सिरानी बन्छ।
म सोच्दै बस्छु खै मान्छे कसोरी भो।
अचम्मै लाग्छ त्यै बाबू र नानी बन्छ।
हुदा सानो सबैको हुन्छ अाँहा प्यारो।
र बचपन हुर्किई उम्दा जवानी बन्छ।
छ सुन्ने हो भने जीवन कथा पीडाको।
सधै मेरो नयाँ यौटा कहानी बन्छ।
अँध्यारो रात बित्ला घाम लाग्ला फेरि।
छ नानुको भरोषा बस् बिहानी बन्छ-।


0 comments:
Post a Comment