Home » » फुलहरु र म

फुलहरु र म

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Monday, September 14, 2015 | सम्प्रेषण समयः 1:46 AM

शुक्रबार फूलहरु भेला भएर
सडकबाट मस्किन्दै परै बसे , परै बसे
हो! त्यही मुन्ताजा पार्कको चउरमा
     
परै बसे चउरमा
र यता , उता खास , खुस
सायद ! मरै पो कुरा गर्यो कि
सडकबाट यसो चउर तिर हेरेको त
मस्किन्दै , मस्किन्दै कस्तो मुस्कान छाडेकी
फुलहरु त
हो ! त्यही मुन्ताजा पार्कको चउरमा

कसैलाइ हेरे झै , कसैलाइ बोलाए झै
कहिले इसारा गर्दै , कहिले फोन गर्दै
केही हराए झै केही गुमाए झै
यति धेरै फुलहरु माझ
अलि पर म पनि छ
एक्लो पागल झै
हो ! त्यही मुन्ताजा पार्कको चउरमा

म पागल पनि हैन
लाटो नबोल्ने पनि हैन
मलाई घरी , घरी गिज्याइ रहन्छ
ती चमेलीका फुलहरुले
ती गुलाबका फुलहरुले
ती ग्ल्याडिसका फुलहरुले
ती अर्किट्का फुलहरुले
अनि
ती क्याक्टसहरुले
कस्तो गिज्याएको
हैन म त अचम्म परे
हो ! त्यही मुन्ताजा पार्कको चउरमा
  
धुम मचाले... धुम मचाले .... धुम......
मोबाइलको रिङ.......... बज्छ
फोन रिसिभ
हैन किन एक्लै बसेको
एता आए हुन्न ?
एउटा फुलको आवाज ...
छोड्दे अर्को फुलको आवाज ...
बोला न बोला अर्को फुलको आवाज ...
हामिलाइ चिन्नु भएन ?
हामी क्या त ............
हो ! त्यही मुन्ताजा पार्कको चउरमा
     
अर्को शुक्रबार ............
ट्याक्सी होटलबाट मैले तल मुल सडक तिर
एक हुल फुलहरु चउर तिर गै रहेको देखे
कति धेरै फुलहरु
कति सुन्दर सपनाहरु
अनि ............
म पनि त्यहाँबाट निस्केर
त्यही फुल माझ हराए
चमेलिका फुल
गुलाबका फुल
ग्ल्याडिसका फुल
अर्किटका फुल
अरु के , के फुलहरुको सुगन्ध ...
आइरहे ... आइरहे .... आइरहेका थिए .....
म त्यसमा हराउदै सुन्दर सपनाहरु
देखिरहे ... देखिरहे .... देखिरहेका थिए .....
हो ! त्यही मुन्ताजा पार्कको चउरमा


प्रबीण थुलुङ राई

धरान ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment