Home » » संक्षिप्तमा नवोदित साहित्य वाचनालय

संक्षिप्तमा नवोदित साहित्य वाचनालय

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, September 6, 2010 | सम्प्रेषण समयः 10:17 PM

 बद्रीप्रसाद पराजुली, संस्थापक अध्यक्ष
नवोदित स्मारिका—२०६७ बाट
 (हाल—सल्लाहकार)
नवोदित साहित्यिक वाचनालय,कतार

जीवन र जगतलाई नजिकैबाट नियाल्न सिकाउने तत्व अथवा दर्शन नै साहित्य हो । संसारभरिका लाखँै भाषा, संस्कृतिहरुको संरक्षण, सम्र्वद्धन गर्दै जुनसुकै क्षेत्र, राष्ट्र वा विश्वभरी परिवर्तन, शान्ति र विकाशको विगुल फुक्ने गौरवमय अस्त्र नै सम्बन्धित क्षेत्र या राष्ट्रको भाषामा अभिब्यक्त साहित्य हो । साहित्यको माध्यम द्वारा दुःख सुख, हा“सो खु्शी र मनोरञ्जन साटासाट गर्दै समाज परिवर्तनको लागि देश दुनिया“लाई प्रेरणा प्रदान गरिन्छ । संक्षिप्तमा भन्ने हो भन्ने हरेक प्राणी, बनस्पति साथै यस संसारमा जीवन जीउनको निम्ति अति आवश्यक नियम, परिवर्तन, शान्ति र प्रगतिको मूल मियो नै साहित्य हो भन्नुमा अत्युक्ति नहोला ।
यसै शिलशिलामा हामी नेपालीहरुको लागि अत्यन्त प्यारो नेपाल र नेपालको शान्ति, प्रगति, परिवर्तन तथा सभ्यता, संस्कृति उत्थानको निम्ति हाम्रो राष्ट्रभाषा नेपाली संगसंगै हाम्रो गाउ“m ठाउ“m साथै क्षेत्रहरुमा बोलिने मातृभाषाहरु नेपालीको पहिचान हो । यसै नेपाली भाषा साहित्यको माध्यमबाट मात्र हाम्रो देशको
विकास, निर्माण, शान्ति, परिवर्तन संभव छ । अतः नेपाल आमाको न्यानो काखमा जन्म लिएर हिमालको पवित्र हावा पानीमा रमाउदै भरखरै हाइस्कुल पास गर्ने देखि लिएर उच्चशिक्षा हासिल गरी बेरोजगारीको चपेटामा परेका लाखौ लाख नेपाली युवा युवतीहरु रोजिरोटीको शिलशिलामा प्रवासतिर हानिएपछि विश्वका अनेकौ भाषाहरु जान्नै पर्ने परिस्थितिका कारण बिस्तारै आफ्नो राष्ट्र भाषाका लागि समय कटौती हुदै जा“दा भोलिका दिनमा नेपाली भाषा, मातृभाषाहरु लेप हुन सक्ने अवस्थालाई दृष्टिगत गरी सन् २००८।०५।२३ मा यो नवोदित साहित्यिक वाचनालय दोहा, कतारको स्थापना गरिएको हो । यस नवोदित साहित्यिक वाचनालयद्वारा स्थापना कालदेखि हालसम्म दोहा शहरको केन्द्रमा अवस्थित जैद्धा पार्कमा आफ्नो साहित्यक गतिविधि सञ्चालन गर्दै आईरहेको छ । प्रवासका हजारौ कठिनाईहरुसंग पौठेजोरी खेल्दै भाषाको उत्थान नेपालीको पहिचान भन्ने मूल नाराका साथ सयौ नेपाली नवोदित साहित्यकारहरु प्रत्येक महिनाको दोस्रो शुक्रबार यस पार्कमा साहित्यका विभिन्न विधामा सिर्जीत सिर्जनाहरुद्वारा देश प्रेम संगसंगै प्रवासीहरुका पीडा अभिब्यक्त गरिरहेका ।

यस साहित्य वाचन अभियानबाट नवोदित साहित्यिक स्रष्टाका अलावा साहित्यनुरागी लगायत श्रोताहरुलाई महिनामा एउटा रचना सिर्जना गर्नै पर्ने वाध्यताको कारण साहित्यलेखनमा थोरै मात्र भए पनि अनुभव र प्रगति भईरहेको पार्ईएको छ । सामूहिकरुपमा पालैपालो रचना वाचन गर्ने अभ्यासकै कारण सभा गोष्ठि र सेमिनारमा प्रवचन दिदां या बोल्दा धकाउने र लजाउने प्रवृति समेत हराउदै जाने हुन्छ ।

अर्को कुरा यस नवोदित साहित्य वाचनालयद्वारा आयोजना गरिदै आएका विभिन्न साहित्यिक प्रतियोगिताको माध्यमबाट युवा तथा प्रौढ साहित्यिक स्रष्ठा साहित्यानुरागी तथा समाजसेवी बुद्धिजीवि, ब्यवसायीहरु समेत राष्ट्रियता प्रति प्रभावित भई नेपाल र नेपालीको हितमा काम गर्दै शान्ति साथै प्रगतिको कामना गर्ने प्रेरणा मिलेको पाईन्छ । यसरी साहित्य वाचनको माध्यमबाटै नवोदित स्रष्ठाहरु विच विचारको आदान प्रदान हुनाको साथै आपसमा साहित्यिकमा सरलता आउने र एकअर्काबाट प्रशस्त ज्ञान हासिल गर्ने मौका मिलेको छ । प्रवासमा स्थापना भएर पनि स्वदेशमा ऐतिहासिक गणतान्त्रिक संम्बिधान लेखन भईरहेको बेला साहित्यकारहरुको हक हित र अधिकारको साथै देशविकाशमा साहित्यको भूमिका सुनिश्चित गर्न भनी सुझाव पठाउने कार्य समेत यस साहित्य वाचनालयले गरेको छ । नेपाल र प्रवासकै इतिहासमा पहिलो पटक मोवाईल पुस्तकालयको अवधारणा ल्याएर सञ्चालन गरी यस प्रवासी भूमीमा हजारौ पुस्तक प्रेमीहरुको इच्छा पुरा गरेको छ । स्वदेशमा भै परी आउने दैविक प्रकोप तथा अन्य विपत्तीहरुमा चिन्ता ब्यक्त गर्दै तन, मन, वचन र कर्मले सक्दो सहयोग समेत गर्दै आएको छ ।

यस नवोदित साहित्य वाचनालयद्वारा धेरै नवोदित स्रष्टाहरुका कृतिहरु प्रकाशनार्थ सहयोग गर्नुको साथै धेरै पुस्तकहरुको विमोचन समारोह आयोजना गरी धेरै साहित्यकारहरुलाई स्थापित गराउन मद्दत पु¥याई रहेको छ । प्रवासमा छरिएर रहेका वैचारिक स्रष्टाहरुलाई एकै ठाउ“मा समेट्दै ओझेलमा परेका प्रतिभाहरुलाई प्रकाशमा ल्याउने काम पनि यसै नवोदित साहित्य वाचनालयले गरिरहेकै छ । साहित्यको विशाल महासागरमा शयर गरिरहेका नवोदित स्रष्टाहरुलाई एउटा निश्चत गन्तब्य दिनको लागि समेत यो वाचनालयले मार्ग प्रशस्त गरिरहेको छ । दोहा छाडेर भएर नेपाल फर्कनु हुने साहित्यकारहरुलाई विदाई समरोहको आयोजन गरी खुशिसाथ स्वदेश फर्कने अवस्था सृजना गर्दे उहाँहरुलाई साहित्यमा लागिरहने हौसला प्रदान गर्ने काम समेल नवोदित साहित्यिक वाचनालयले गरेको छ । नेपाली साहित्यका अमुल्य निधिहरुको संम्झनामा उहाँहरुको जन्म जयन्तिको आयोजना गरी उहाँहरुको अमुल्य निधिहरुको सम्झना पनि नवोदित साहित्यिक वाचलनालयले गर्दै आएको छ । नेपाली साहित्यको भण्डार भर्दा भर्दै दिवंगत हुनु भएका बरिष्ठ साहित्कारहरुको सम्झनामा उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दै शब्द श्रदाञ्जली ब्यक्त गरी साहित्यिक मर्यादाको पालना गरिएको पाईन्छ ।

अतः यस नवोदित साहित्यिक वाचनालयले नेपाली भाषा, साहित्य, संस्कृतिको हकमा हाल सम्म जे जति गरेको छ त्यति मै सन्तोष मान्नु पर्ने अवस्था छैन । संस्थाको उद्देश्य बमोजिम गर्नु पर्ने धेरै कृयाकलापहरु, आर्थिक तथा प्राविधिक समस्याको कारण अधुरै रहेका छन । यस साहित्यिक संस्थालाई माया गर्ने सम्पूर्ण स्वदेशी तथा प्रवासी साहित्यकार, साहित्यनुरागी बुद्धिजीवि, ब्यवासायी, समाजसेवी तथा सम्पूर्ण व्यक्तित्वहरु धन्यवादका पात्र हुनुहुन्छ । आगामी दिनहरुमा पनि तपाईहरुको सल्लाह, सुझाब र विशिष्ट अभिभावकत्वको लागि नवोदित साहित्य वाचनालय अपेक्षा गरीरहने छ । हाल सम्म जो जस्तो जुन स्थानबाट जसरी सहयोग गरीरहनु भएको त्यसको लागि नवोदित साहित्य वाचनालय परिवार आभारी रहनेछ ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment