Home » , » संस्था गतिविधि : नवोदित साहित्य यात्रा

संस्था गतिविधि : नवोदित साहित्य यात्रा

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, September 6, 2010 | सम्प्रेषण समयः 10:28 PM

नवराज वि.क. "अटल"
नवोदित स्मारिका—२०६७ बाट
द्धितीय उपाध्यक्ष
नवोदित साहित्यिक वाचनालय, कतार

मानव सभ्यताको विकाश क्रमसँगै कला,संस्कृति,साहित्य र सम्पदा अभिन्न अंंग सरह मौलाउँदै आईरहे । स्थान परिवेश भौगोलिक वनावट अनुसार विभिन्न क्षेत्रमा बसोबास गर्ने समाजमा आ—आफ्नो भाषाको बोध तथा सामाजिक रहन सहनको संरचनात्मक विकाश भएको पाइन्छ । भन्निछ, साहित्य जीवन र जगतको उत्जागरण गर्ने ऐना पनि हो,जहाँ वास्विकताहरु सचित्र प्रस्फुटित हुन्छन । यसर्थ साहित्य कुनै जातजाति, वर्ण, धर्म, लिङ्ग रहितको साँझा फूलबारी हो । जहाँ सदावहार सुगन्धित फूलहरु फूलीरहेका हुन्छन् । अन्तराष्ट्रिय रुपमा साहित्यले अग्रगामी परिवर्तन र चेतनाको विकाशमा उल्लेखनीय भूमिका खेलेको पाइन्छ । चाहे सेक्सपियर हुन् या मेक्सिम गोर्की वा प्लेटो, सिड्नी सिल्डर, नोभकोव, रविन्द्रनाथ टैगोर, शुकरात, अज्ञात, गेटो आदि विश्वप्रख्यात साहित्यकारहरु जो निरन्तर कलमको निबद्धारा संसार बदल्न ज्योति छर्दै रहे । यहि साहित्य आकाशको नेपाली समाजमा भानुभक्त आर्चाय देखि महाकवि लक्ष्मिप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, गुरुप्रसाद मैनाली, मोतिराम भट्ट, लगायत दर्जनौ साहित्यकारहरु नयाँ आयामको बिहानी ल्याए ।
 वर्तमान समयसम्म आईपुग्दा साहित्य प्रगतिशिल,उत्तर आधुनिकवाद,मध्यवर्ति र पूर्ववर्ति लगायत धारमा अझ ब्यापकताका साथ बढिरहेको छ । साहित्य सधै सत्य र तथ्यका आधारमा समाजका विसंगति, विकृति र शोषणको विरुद्धमा लडिरहन्छ । त्यसैले हुनसक्छ, हिटलरले तत्कालिन समयमा राज्य विरुद्ध कलमचलाउनेलाई हृदयविदारक ढंगबाट यातना दिदै मृत्युशैयामा पु¥याउँदथे । नेपालमा तत्कालिन राणा शाषकको विरुद्ध कलम चलाउने शुक्रराज शास्त्री जस्तालाई फाँसि दिइयो । कति लेखक सहित्यकारहरुका हात खट्ुटाका औला कटाइँन्थ्थे । पञ्चायती शाषन कालमा बन्दी बनाइन्थ्यो । तर पनि साहित्य कहिल्यै आत्मरक्षाका लागि तानाशाहीसँग सम्झौता गरेको इतिहास छैन । त्यसैले साहित्य परिवर्तनको ज्वारभाटा पनि हो । विभिन्न गतिविधिले देश भौतिकरुपमा अस्तव्यस्त भए पछि शिक्षित र सचेत जनशक्तिको लहर दिनानुदिन रोजिरोटिको लागि सस्तो श्रममा प्रवासमा जीवन गुजार्न बाध्य भएको यो तीतो यथार्थ हामी सामु प्रष्ट छ । आजको यो घडी सम्म करिव २५ लाख भन्दा बढि नेपाली गैर आवसीय रुपमा जीवनयापन गरिरहेका छन र जसमध्ये मध्यपूर्व एसियाको यस कतारमा करिव झण्डै साढे तीन लाख भन्दा बढि संख्यामा रहेको अनुमान छ त्यसैले होला झट्ट हेर्दा मिनी नेपाल जस्तो देखिन्छ । यस कतारको भूमीमा मोटो रकम दलालीलाई बुझाएर ४९ डिग्रीको तापक्रममा घामको कुनै प्रवाह नगरी रगत र पसिना बगाएर घरपरिवारको साँझ विहानको जोहो गर्न मजबुरी गर्ने हामी नेपालीहरु चाहे अत्यन्तै निम्नस्तरका काम होस् वा जोखिमयुक्त काम नै किन नहोस् जीवन र मुत्यु सँग संघर्ष गर्दै पांैठेजोरी गरिरहेका हुन्छौ । श्रमलाई भगवान ठान्ने यी नेपाली हातहरु दिनभरीको तातो घाम, तातो बालुवा मा गैती बेल्चा हान्दै १४÷१५ घण्टा कामको अलवा थकाईको महशुस नगरी बचेको समयलाई खेर फालेर किन बस्न सक्थ्यो र ? त्यसैले त आफ्ना सृजनाका थु¨ाहरु सजाई हाल्न निकै आतुर रहन्छन । सुखमा त के दुःखमा पो फुल्दो रहेछ साहित्य । साहित्य एउटा सुन्दर कमल फूल रहेछ जुन तलाउको हिलोमा उम्रन्छ र सुगन्ध बाँड्छ । तसर्थ कतारको मरुभूमीलाई एउटा सुन्दर मरुध्याको रुपमा साहित्यमय बनाइरहेको छ ।

नेपाली भाषा,साहित्य,कला र संस्कृति ढुकढुकीमा स्पर्श गरीरहेको आभास प्रवासी नेपालीहरुमा भान हुन्छ । किनकी प्रवासमा रहेर पनि नेपाली माटोलाई मायाँ गरी रहने साहित्यिक मनहरुको यस संगालो कतारमा साहित्यिक हृदयहरु साझा भावना उत्प्रेरित हुदै नेपाली साहित्यको धरातलमा अर्को इट्टा थप्ने जमर्कोका साथ ‘भाषाको उत्थान, नेपालीको पहिचान’ भन्ने मूल नाराका लिएर दोहाको जेद्धा पार्कमा नवोदित साहित्यिक वाचनालयको स्थापना २३ मे २००८मा साहित्यकार वद्री प्रसाद पराजुलीको संयोकत्वमा तदर्थ समिति गठन गरिएको थियो उक्त समितिमा संस्थापकहरु बद्री प्रसाद पराजुली, भोजराज दाहाल “क्याक्टस”, कृष्ण राई क्षितिज, भोजराज श्रेष्ठ “एकलव्य”, चन्द्र कुमार बान्तवा “सायदश्री”, शिव प्रतिक शर्मा, राजेश प्रसाई र छवि लुङ्गेली मगर हुनुहुन्थ्यो । सो समितिलाई नेपाली दूतावासको कार्यलयमा दर्ता गराएर आधिकारीक बनाउन एक साधारण भेलाद्धारा निम्न पदाधिकारी चयन गरियो । अध्यक्ष बद्री प्रसाद पराजुली, उपाध्यक्ष कृष्ण क्षितीज राई, सचिव भोजराज श्रेष्ठ “एकलव्यराज”, सह–सचिव प्रकाश वञ्जरा “विहानी”, कोषाध्यक्ष राजेश प्रसाई विद्रोही, सदस्य नवराज वि.क, महेन्द्र गुरु¨, लविन राई, भोजराज दाहाल, दुर्लभ शाह, शिवप्रतिक शर्मा, चन्द्र कुमार राई “सायदश्री” सहितको कार्य समिति बन्दै अगाडि बढ्यो ।

कतारका सम्पूर्ण भु—भागमा रहेका साहित्य स्रष्टाहरुलाई समेट्दै हरेक महिनाको दोश्रो शुक्रबार जैद्धा पार्कमा वाचन श्रृखला गरी अगाडि बढ्दै आई रहेकोछ । जहा“ महिना दिनभरीको, काम र थकाइले पिल्सिएको, थकित शरिरलाई समेत सुन्दर सृजनाको फूलबारीमा रमाउन चाहनेहरु अलखोरबाट होस् वा सानिया, सनैया, रियान, मैजार, ओक्रा जस्ता टाढा टाढाबाट समेत किन नहोस साहित्य अनुरागीको भिड जमिरह्यो । कहिल्यै पनि कमीको महसुस हामीले गर्नु परेन । सधै उत्साहपूर्ण उपस्थिति रह्यो । यस नवोदितलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचय गराउने मुल ध्येयका साथ सूचनाको माध्यमद्धारा विकसित गर्न र संस्थाको बारेमा जानकारी गराउनुको अलवा स्रष्टाको रचनालाई प्रकाशित गर्ने योजना अनुरुप आफ्नै बेभसाइड बनाइयो धधध।लबदयमष्त।अयm त्यसै गरी विभिन्न संघ संस्था तथा ब्यक्ति सँग सम्पर्क गर्न ईमेल लबदयमतष्कध२नmबष्।िअयm पनि खोलीयो । नेपाली साहित्यका मूर्धन्य हस्ती अग्नि शिखा (सुकदेव नेपाल) तथा रमेश विकल (रामेश्वर प्रसाद चालिसे) छुट्टाछुट्टै मितिमा भएको देहान्तले नेपाली साहित्यमा अपूरणिय क्षतिको महशुस गर्दै उहाँहरुको मृतआत्माको चिरशान्तिको कामना गर्दै शोक सभा गरिएको थियो । लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन नवोदितले श्रष्टाहरुको रचनालाई प्राथमिकता दिने र संस्थाले आवश्यक ठानेमा पुस्तक प्रकाशन गर्ने योजनालाई साकार रुप दिन संस्थाका क्रियाशिल साहित्यकार सायद श्रीको “दश रुपैया चार आना” सामाजिक उपन्यासलाई प्रकाशनमा ल्याइयो । यस पछाडिका दिनमा संस्थाले धेरै लेखकहरु समेटेर कृष्ण राई “क्षितिज” र मौलाधन राईको सम्पादनमा तयार पारिएकोे (गजल संग्रह) “मरुभूमीको साहित्य यात्रा”, पूर्वेली खातेको “सम्बन्ध” (गजल संग्रह)े तथा तीर्थ संगम राईको मिश्रित संग्रह “प्रवासी संगालो संगम अनि सहयात्रीहरु” लाई पाठक समक्ष पु¥याउन विमोचन गरियो । किश्मा किशोरको गजल संग्रह “जूनका आभाहरु”, महेन्द्र राईको कविता संग्रह “अदृष्यका प्रतिविम्वहरु” लगायत थुप्रै पुस्तकहरुलाई संस्थाले छुट्टाछुट्टै रुपमा शुभकामना प्रदान ग¥यो । साहित्य अनुरागी श्रष्टाहरुको विश्वासिलो यस संस्थालाई अझ जुझारु बनाउने चाहाना अनुरुप १२ जुन २००९ का दिन सनैया ३८ मा संस्थाका उपाध्यक्ष श्री कृष्ण क्षितिजको अध्यक्षतामा बसेको बैठकले प्रथम अधिवेशन गर्ने निर्णय ग¥यो । जसमा नवराज अटल संयोजक सहित ५ सदस्यसीय मुल आयोजक समितिमा भोजराज श्रेष्ठ, प्रविण राई, तीर्थ संगम राई, महेन्द्र अदृश्य सदस्य रहका थिए भने अन्य सम्पूर्ण सदस्यहरु स्वतः आयोजक सदस्य बनाइयो । छोटो समयमा नै संस्थाले कतारबासी नेपाली समुदाय माझ आफ्नो छवीलाई उच्च बनाएको यो यथार्थ सबै सामु छल¨ नै छ । संघर्षशीलता, लगावशीलता र निरन्तरता नै यस संस्थाको विशेषता हो । जसको श्रेय यस सँग सम्बन्धित साहित्यिक श्रष्टाहरुलाई जान्छ । विभिन्न वाधा,अड्चन र अवरोधलाई सामना गर्दै निस्वार्थ त्याग नै सफल र निष्ठवान प्रगतिशिलताको पाइला रहेछ । यहि उदाहरण हो नवोदित साहित्यिक वाचनालय । बिना हिचकिचाहट नवोदित साहित्यिक वाचनालयलाई अझ बढि माथि उठाउन नयाँ सोच र विचारका साथ १९६औ भानु जयन्तिको अवसर पारेर १७ जुलार्ई २००९ का दिन प्रथम अधिवेशन नेपाली दूतावासको सभाकक्षमा संस्थाका अध्यक्ष वद्री प्रसाद पराजुलीको अध्यक्षतामा सम्मपन्न भयो जसमा प्रमुख अतिथि महामहिम राजदूत डा.सूर्यनाथ मिश्र तथा विशेष अतिथि दूतावासका प्रथम सचिव रामकाजी खड्का लगायत अन्य अतिथिहरु त्था कतारका सयौ साहित्यप्रेमी श्रमीक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

मुलतः प्रवासको जीवन पीडादायी तथा कष्टप्रद हुन्छ नै । यद्यपी कतारमा रहेका नेपाली समुदाय माझ कहिले पनि आफुमा वितृष्णा वा हिनतावोध नैराश्यता तथा ग्लानी या नराम्रा बाटाहरुबाट रोक्नुका साथै जनचेतनाको अभिवृद्धि, भाषाको ज्ञान र खालि समयको सदुपयोग जस्ता विषयलाई मध्यनजर गर्दै बौद्धिकताको विकाशमा उल्लेखनिय वृद्धि गर्ने, ज्ञान बढाउने जसबाट असल पाइलाको यात्रालाई तय गर्न सकियोस भन्ने चाहाना अनुरुप नेपाली कल्चर सेन्टरको भावि अवधारणा सहित संसार कै पहिलो र उत्कृष्ट कार्य नवोदित मोवाईल पुस्तकालयको महामहिम राजदूत डा.सूर्यनाथ मिश्र तथा अन्य उपस्थित अतिथिहरुद्वारा स–उद्धधाटन गरी शुरु गरीयो । सो अवसरमा नेपाली भाषाका पुस्तकका साथै अंग्रजी, उर्दू, हिन्दी लगायत विविध भाषा तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहित्यकारद्वारा लिखित पुस्तक तथा अनुवाद पुस्तकहरु हजारौ मात्रामा उपलब्ध भएका थिए । सोहि अवसरमा वाचनालयले खुल्ला कविता वाचन प्रतियोगिता समेत आयोजना गरेको थियो । जसमा प्रथम राजकुमार पुत्ला, द्धितिय विक्रम चेतनशिल राई, तृतिय पर्शुराम राई पराई, सान्त्वना ज्ञानेन्द्र अम्गाई सहित ५४ जना प्रतियोगीहरु सहभागी थिए । उक्त प्रतियोगिताको निर्णायक मण्डलमा श्यामशुन्दर शशी, गिरी श्रीस मगर, सेलि¨ केसी, शिवराज गौतमले भूमिका निर्वाह गर्नुभएको थियो भने प्रत्यक्ष श्रोता दर्शकको भोटबाट अन्तिम निर्णय गरिएको थियो ।

विविध कार्यक्रमको साथमा संस्थाले नयाँ कार्यकारणी समितिको समेत सर्वसहमतिद्वारा चयन ग¥यो जसमा संरक्षक टिवी कार्की, सल्लाहकार प्रमुखमा बद्री प्रसाद पराजुली तथा अन्य सल्लाहकारहरुमा ज्ञान उदास, कृष्ण क्षितीज, दिपक पौडेल, गिरि श्रीष मगर दिपक भेटवाल, सेलि¨ केसी रहनुभएको थियो भने समितिमा अध्यक्ष भोजराज श्रेष्ठ “एकलव्य”, प्रथम उपाध्यक्ष भोजराज दाहाल “क्याक्टस”, द्धितीय उपाध्यक्ष नवराज वि.क.“अटल”, महासचिव प्रकाश वञ्जरा “विहानी”, सचिव तीर्थ संगम राई, कोषाध्यक्ष प्रविण राई, सह कोषाध्यक्ष महेन्द्र वियोगी गुरु¨, सदस्यहरु महेन्द्र अदृश्य राई, देव आवारा, चन्द्र कुमार बान्तावा “सायद श्री”, दुर्लभ शाह, इश्वर दाहाल “कविजी”, जगतराम वर्देवा “घायल” तथा संस्थापक सदस्य शिव प्रतिक शर्मा सहित बैकल्पिक सदस्यहरुमा चुना पन्थ, राजेश्वर ढकाल, ज्ञानेन्द्र अम्गाई, डिएन मगर र विरेन्द्र कुमार सिंह हुनुहुन्थ्यो ।

समग्रमा २०६६÷२०६७ मा भएका नवोदितका उल्लेखनिय प्रगति विवरण यस प्रकारका छन ।
क. संस्थाको पहिलो बैठक अध्यक्ष भोजराज श्रेष्ठको अध्यक्षतामा सचिवलय गठन तथा जिम्मेवारी वाँडफाँड गर्दै सम्पन्न भयो । जसमा सचिवालय संयोजक भोजराज श्रेष्ठ तथा प्रकाश वञ्जरा, महेन्द्र अदृष्य, इश्वर दाहाल र प्रविण राई सदस्य हुनुहुन्थ्यो ।

ख. संस्थाको दोस्रो बैठकले अनुमोदन गर्दै नवोदित पुस्तकालय विभाग गठन भयो जसमा महेन्द्र राईको संयोजक, सचिव इश्वर दाहाल, कोषाध्यक्ष राजेश्वर ढकाल तथा सदस्य प्रविण राई, र किश्मा किशोरलाई चयन गरियो ।

ग. हरितालिका तीजको अवसरमा १० अगस्त २००९ का दिन प्रवासी दिदीवहिनीहरु तथा दाजुभाई विचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै एकापसमा साँस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन प्रदान गर्ने तथा दर खाने कार्यक्रम नेपाली दूतावासका सहचारी प्रेम वरालको प्रमुख आतिथ्यमा तथा एनआरएनए सचिव सागर नेपालको विशेष आतिथ्यमा विशाल जनसहभागिता विच सम्पन्न भयो । जसमा कार्यक्रम संयोजक चुना पन्थ तथा सदस्य प्रविण राई र राजेश्वर ढकाललाई जिम्मेवारी दिईएको थियो ।

घ. संस्थाले केन्द्रिय मातहतमा उपसमिति खोल्ने निर्णक्ष अनुसार सनैया ४३ र ३८ मा छुट्टा छुट्टै समिति निर्माण गरियो । जसमा सनैया ४३ मा संस्थाका अध्यक्ष भोजराज श्रेष्ठको अतिथ्यमा निर्मित समितिमा अध्यक्ष तपल तमू, सचिव विमल कोइराला, कोषाध्यक्ष कमल अधिकारी सदस्यहरुमा धुव्र खत्री, राजेश परियार, राजेश गुरु¨ हुनुहुन्थ्यो । साथै ३८ मा नवराज विकको प्रमुख आतिथ्यमा सम्पन्न उपसमितिमा अध्यक्ष विशाल विष्ट, उपाध्यक्ष गोविन्द व.मगर सचिव दामराज मगर, सहसचिव अशोक राई, कोषाध्यक्ष चक्र ब. नेपाली दर्जी, सह कोषाध्यक्ष प्रदीप सुनार सदस्यहरु धनप्रसाद, विरेन्द्र कुमाल, मिलन थापा मगर, देव दर्जी, तथा प्रकाश सिवाकोटी रहेका थिए ।

तत्कालिन परराष्ट्रमन्त्री एवम संविधान सभाका सभासद उपेन्द्र यादव जलश्रोत मन्त्री विष्णु पौडेल र संविधान सभाका सभासद जोग बहादुर महरा र माओवादीका पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देल विभिन्न समयमा नेपालबाट कतार आउँदा संस्थागत रुपमा उपाध्यक्ष नवराज वि.कको नेतृत्वमा भेटघाट तथा साहित्यकारको माग र सुझाव प्रदान गरियो । जसमा नयाँ बन्ने संविधान निर्माण कतारबाट नवोदितद्वारा दिइएको सुझाव एवम माग निम्न थिए ।

मागहरु

१. साहित्य जगतले गणतन्त्र स्थापनार्थ दिएको योगदानको कदर गर्दै यो राज्यब्यवस्थाको सुदृढमा समेत साहित्य जगतको अपरीहार्य सहयोगको आवश्यकता पर्ने भएकोले साहित्यलाई निश्चित अंग तोकेर साहित्यको कर्तब्य, अधिकार र भूमीका स्पष्टसँग लेखियोस ।

२. नेपाल प्रज्ञा प्रतिष्ठानलाई साहित्य संसद ,हरेक जिल्लामा साहित्य संसद शाखा तथा उप शाखा अनि गाविस नगरपालिकामा साहित्य विभाग गठन गरी नवोदित साहित्यकारलाई सृजनामा अभिप्रेरीत गर्दै लगियोस ।

३. सृजनात्मक विधाको आधारमा कुनै पनि सर्जकलाई भेदभाव नगरियोस ।

४.केन्द्र र मोसफल विच हुने गरेका विद्यमान विभेद अन्त्य गरी साहित्यिक कार्यहरुमा नातावाद, कृपावाद स्वतः अन्त्य गरियोस ।

५. नेपाली भाषा साहित्य संरक्षण र सम्बद्धनमा मन वचन र कर्मले समर्पित सबैलाई साहित्यकारको नामले सम्बोधन गरियोस ।

६. देशको कुनाकुनाबाट गुम्सेको प्रतिभालाई पनि समेट्दै प्रत्येक वर्ष निष्पक्ष तरिकाले राष्ट्रिय साहित्य ताराको छनोट गरियोस ।

७. साहित्यकार परिचय पत्र लागु गरी कुनै पनि सभा सम्मेलनहरुमा निसर्त प्रवेशको वातावरण सृजना गरियोस ।

८.साहित्यकारहरुको श्रेणी विभाजन गरी उसले बाँच्न सक्ने आधार स्वरुप नोकरी वा साहित्यकार भत्ता उपलब्ध गराउँदै राष्ट्रका तर्फबाट विशिष्ट साहित्यकारको सम्मान स्वरुप उपचार ब्यवस्था वा जीवन वीमा गरियोस ।

९. विगतका समयमा चकलेट सरी बाँडिएका साहित्यिक उपनामहरुमा उसका साहित्यिक योगदान अध्ययन गरेर उपनाम दिन मिल्ने या नमिल्ने पुनर्विचार गरियोस ।

१०.नेपाली साहित्यलाई विश्व साहित्यमा चिनाउन हरेक वर्ष प्रकाशित हुने उत्कृष्ट पुस्तकहरुको छनोट गरी अन्तर्राष्ट्रिय साहित्य बजारका विविध भाषामा प्रकाशनमा ल्याइयोस र विक्रिवितरणको पनि ब्यवस्था गरियोस ।

११.विभिन्न मातृभाषालाई संरक्षण गर्दै मातृभाषामा साहित्य लेखन अघि बढाउन अभिप्रेरीत गर्दै विभिन्न पुरस्कारहरुको ब्यवस्था मिलाइयोस ।

१२.नवोदित साहित्यलाई अभिप्रेरित गर्न अथवा साहित्यकारको सृजनामा उत्साह थप्न हरेक राष्ट्रिय पुरस्कारको राशी बढाउँदै प्रत्येक विधामा अलग अलग पुरस्कारको ब्यवस्था गरियोस ।

१३.साहित्यकारहरुलाई राष्ट्रनिर्माणमा प्रत्यक्ष संलग्न गराउन र साहित्यकारहरुको हकहितलाई सुरक्षित गर्न कम्तीमा २० प्रतिशत र धेरैमा ४० प्रतिशत चुनावी उम्मेदार बनाइयोस अथवा साहित्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मनोनित गरियोस ।

१४.हरेक विद्यालयहरुमा पुस्कालयको ब्यवस्था गरी साहित्य इतिहास, दर्शन, भुगोल तथा राजनीतिका पुस्तकहरु राखियोस र दैनिक एक पिरियड मनपर्ने पुस्तक पढ्ने वातावरण सृजना गरियोस ।

१५.देश भित्र अथवा देश बाहिर नेपाली भाषामा प्रकाशित अथावा प्रसारित हुने सञ्चार माध्यमहरुमा दिनको एक घण्टा अनिवार्य साहित्यिक कार्यक्रम बजाउन तथा प्रकाशित गर्ने वातावरण मिलाइयोस ।

१६.हरेक गाउँ विकास समिति तथा नगरपालिकाबाट जनताको साहित्य सृजनाहरु, स्थानिय लेखकहरुका किताब प्रत्येक वर्ष छनोट गरी कम्तिमा ३ वटा पुस्तक छाप्ने ब्यवस्था मिलाइयोस र त्यसको विक्रि वितरण समेत प्रबन्ध मिलाइयोस ।



ङ. ९ अक्टोबर २००९ का दिन सचिव तीर्थ संगम राईको संयोजकत्वमा वाचानालयको २१ औं काब्य श्रृखला तथा लक्ष्मी जयन्ति सतवार्षिकी कार्यक्रम कतारमा रहेका साहित्यिक संस्था अनेसास तथा मुग्लानि सौगातको सहकार्यमा स्रष्टाहरुको माझ सम्पन्न गरियो ।

च.यस कतारमा नेपाली श्रमिकहरुको हदमा तलब वृद्धि तथा सुविधाका लागि महामहिम राजदूत डा.सूर्यनार्थ मिश्र (नेपाली दूतावास)ले १ जनावरी २०१० देखी लागु हुने गरी ल्याएको योजनालाई स्वागत योग्य ठहर गर्दै दूतावासलाई बधाई तथा नेपाल सरकार समक्ष यस महत्वपूर्ण कार्यलाई बैधानिक तवरबाट कुटनितिक पहललाई मजवुद गराउन ध्यानाकर्षण गराइयो ।

यस कतारका लागि राजदूत डा.सूयनाथ मिश्रले श्रमीकहरुको हकहित र अधिकारका लागि निरन्तर सक्रिय रहदै आफ्नो जिम्मेवारी वहन गरीरहेको अवस्थामा अगामि दिन पनि लागि पर्ने प्रेरणा मिलोस भन्दै कतारमा रहेका विभिन्न संघ संस्था मध्ये २७ वटा संस्थासँग सहकार्य गर्दै राजदूतलाई सम्मान कार्यक्रम २००९ नोभेम्वर २६ मा सम्पन्न गरियो ।

छ. गत २००९ अगष्ट १६ मा सामुन्द्रीक तटमा पानी जहाज दुर्घटना परी १२ जना नेपाली डुबेर भएको असामायिक निधनले आम प्रवासीहरुलाई स्तब्ध बनायो । मृत आत्माको चिरशान्तिको कामना गर्दै साहित्यकार समाजसेवि, बुद्धिजिवी लगायत राजनितीज्ञ प्रतिनिधिहरु त्था आम मजदुरहरुको उपस्थितिमा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरियो ।

ज. मोवाइल पुस्तकालयलाई पाठक वर्गको इच्छा र आवश्यकता शुभचिन्तक तथा सहयोगिहरुको भावनालाई मध्यनजर राख्दै महेन्द्र राइको संयोजकत्वमा २००९ नोभेम्वर २६ मा संस्थाले आफ्नै छुटै अफिस खोलीयो जुन सबैलाई पाइक पर्ने गरी दोहामा करी १७ सय तिर्ने गरि राखिएको थियो । उक्त कार्यमा आर्थिक सहयोग गर्नेहरुमा आशिक शेरचन राजधानि अन्तर्राष्ट्रिय साप्ताहिक, कान्तिपुर प्रवास साप्ताहिक, सागर नेपाल, टिवी कार्की, उमेश अधिकारी, प्रज्ञान उदास, लक्ष्मण खतिवडा, पूर्ण केसी, चाणक्य ढकाल, कुबेर राई, नरेन्द्र भाट, राजेन्द्र श्रेष्ठ, रामहरि गैरे,डा.अजिजुर रहमान शेष,नरेश श्रेष्ठ,विल गुरुङ्ग,अमृत गुरुङ्ग, के वी हमाल, खोटाङ्ग हलेसी बचत तथा ऋण समुह,स्याङ्गजा सेवा समाज हुनुहुन्छ । सोही अवसरमा संस्थालाई अगाडि बढाउन एक अभिभावक समिति बनाइयो जसको संयोजकमा पूर्ण केसी रहनु भयो । कतार सरकारको आधिकारीकता तत्काल पाउन नसकिएकोले केही समय यता उक्त कोठा स्थकित गरिएको छ ।

झ. मिति २०१० जनवरी ८ का दिनविभिन्न कारणवश संस्थामा हुन आएको पद रिक्ततालाई नियमित बैठकमा अनुमोदन गर्दै सदस्य किश्मा किशोरको स्थानमा राजेश्वर ढकाललाई पदोन्नति गरियो । साथै आजिवना सदस्य प्रेम लामालाई बैकल्पीक सदस्य नियुक्ति तथा सदस्य डिएन मगरको स्थानमा शालिक राम गैरेलाई सर्वसहमतिले चयन गरियो ।

ञ. यस नवोदित साहित्यिक वाचनालयले विभिन्न समयमा गर्दै आइरहेको कार्यक्रमलाई स्थापनाकाल देखि नै सञ्चार माध्यमद्वारा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको शिखरमा पु¥याउन सहयोग गर्ने कान्तिपुर दैनिकका पत्रकार श्यामशुन्दर शशी तथा कान्तिपुर पत्रिका, पत्रकार दिपक पौडेल तथा राजधानी पत्रिका, अन्य अनलाइन मिडियाहरु, दिनेश रेग्मि विविसी लण्डनको विशेष समाचारमा रिर्पोटका लागि तथा समाचार प्रकाशन गर्न सहयोग गर्नुहुने संस्थाका भोजराज श्रेष्ठ, प्रकाश बञ्जरा, प्रेम लामा र राजेश्वर ढकाल, इखालु रमेश गेलाल ,शिवराज गौतम नेपाल टेलिभिजनका लागि, धनेश्वर जिसी, रवि भट्ट रोषी लगायत सम्पूर्ण पत्रकार मित्रहरुलाई विशेष आभार एवम धन्यवाद ज्ञापन ब्यक्त गरियो ।

ट. महासचिव प्रकाश वञ्जराको नेतृत्व तथा पुस्तकाल संयोजक महेन्द्र राईको विशेष पहलमा संस्थाका संरक्षक टिवी कार्की, सल्लाहकार दिपक पौडेल, सचिव तिर्थ संगम राई, इश्वर दाहाल कविजी, राजेश्वर ढकाल, प्रेम लामा लगायतका संस्थाका पदाधिकारीद्वारा दूतावासमा गई कल्चर सेन्टरको अवधारणा तथा नवोदितको अवस्थाबारे परामर्श गरियोे ।

ठ. कतार सरकार संग सम्बन्धित कल्चर अफ आर्ट सेन्टरमा नेपाली पुस्तकहरु त्था लाइव्रेरीमा नवोदित मोवाइपुस्तकालका पुस्तकहरु राख्ने प्रस्ताव लेखक रमजान मिया मार्फत गरियो जसबाट सकारात्मक प्रतिक्रिया आएको थियो ।

ड. संस्थाको २८ औं काब्य श्रृखलाको विशेष अवसरमा कतारमा छायांकन भइरहेको “चलचित्र इशारा जिन्दगीको” मा दृश्य लिने काम भयो जसबाट नवोदित साहित्यिक वाचनालयलाई सिनेमाको पर्दामा देख्न सकिने छ यस्तो अवसर प्रदान गर्नु हुने सिने सरोकार केन्द्र दोहा कतारलाई धन्यवाद दिन चाहन्छौ । जुन कार्यक्रमको सम्पूर्ण खर्च र आयोजना सिने सरोकार केन्द्र दोहा, कतारले गरेको थियो ।

नवोदित साहित्यिक वाचनालय जस्ता सुकै चुनौतिसँग सामाना गर्दै संस्थाको हित र उन्नतीका लागि निरन्तर लड्दै अगाडि बढिरहने छ । यसै सन्दर्भमा यहि आउँदो जुलाई १४ देखि १६ सम्म संस्थाले दोश्रो अधिवेशनको तयारीमा जुटिरहेको छ । तमाम प्रवासी नेपालीहरु यस नवोदित साहित्यिक अभियानमा आ—आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याइदिनु हुन सम्पूर्ण महानुभाव प्रति हार्दिक अनुरोध गर्दर्छौ ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment