बिष्णु प्रसाद लामिछाने
ले.न.पा – १ शिशुवा, कास्की
थिएन खेत, थिएन बारी ले.न.पा – १ शिशुवा, कास्की
थिएन सम्पती ।
बाबा र आमा, श्रीमती
अनि साथमा ।
बिरामी बाबा, बिरामी आमा
छैन है औषधि ।
बलेको आगो, ताप्ने हुन सबै
साथी र सम्बन्धी ।
मनमा पीर, बोकेर आज
हिडेको कतार ।
फुर्सदै छैन सधै नै काम
हतारै हतार ।
हातमा गैंति, शीरमा हेल्मेट
बिहानै काममा ।
न चिसो पानी, न पाए छाँया
प्रचण्ड घाममा ।
काममा अनि, कजीनु पर्ने
भए म कमारो ।
सानो के गल्ती, भए छ भने
भन्दछ एल्लारो ।
जे भए पनि, सहनु पर्ने
कस्तो यो जिन्दगी ।
मनको धोका, पुरा नै नभई
समया बित्छकी ।
आँखाँमा आँशु, मनमा पीर
चिठ्ठी ती पढ्दा ।
भक्कानो पर्छ, मुटुमा मेरो
ऋण त्यो सम्झदा ।
महिना बित्यो, बर्षा बित्यो
फर्कने कहिले ।
सपना पनि, नराम्रो देख्छु
के गरुँ मईलै ।
ऋणको थुप्रो, चुलिन्दै गयो
थोरै छ तलब ।
सहयोग गर्ने को छ र यहाँ
आफन्त खलक ।
आटो र पिठो, जे भए पनि
मिलेर खाउँला ।
भए छ भने, देशमा शान्ति
फर्केर आउँला ।


0 comments:
Post a Comment