Home » » गीत (मन साह्रै दुख्यो बरै, नपिउने चिज पिउँदै छु है)

गीत (मन साह्रै दुख्यो बरै, नपिउने चिज पिउँदै छु है)

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Thursday, September 16, 2010 | सम्प्रेषण समयः 8:19 PM

नरेन्द्र खत्री “अबिरल”
बिजयखर्क–१, माला खोटाङ्ग
हाल—दोहा, कतार
मन साह्रै दुख्यो बरै, नपिउने चिज पिउँदै छु है,
भित्री आत्मा मरिसक्यो, बाहिरी रुपमा जिउँदै छु है ।।

भए भरको सबै मायाँ, तिम्लाई दिए सिद्धि गयो,
तिर्काएकोछु म आज, मुहान सबै रित्ति गयो ।।
जिन्दगी नै फाट्यो आज, आगो लगाई सिउँदैछु है,
भित्री आत्मा मरि सक्यो, बाहिरी रुपमा जिउँदैछु है ।।

सपनाको संसार सबै, धुजा भई फुटि गयो,
अघि बढ्न खोज्दै थिए, म बाटो मेरो टुटि गयो ।।
पागल जस्तै भौतारीदै, सबलाई खुसी ल्याउँदै छु है,
भित्री आत्मा मरि सक्यो, बहिरी रुप जिउँदै छु है ।।

मन साह्रै दुख्यो बरै, नपिउने चिज पिउँदै छु है,
भित्री आत्मा मरिसक्यो, बाहिरी रुपमा जिउँदै छु है ।।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment