Home » » म कहाँसम्म आएँ त ?

म कहाँसम्म आएँ त ?

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Friday, September 17, 2010 | सम्प्रेषण समयः 8:26 AM

रामजी गिरी
पोखरा, हाल : कतार
मानिसका निष्ठा, धर्म, स्वाभाव यावत मानवीय सत्यहरु छेपाराका रंग जस्तै अवसर , मौसम र स्वार्थ अनुसार परिवर्तन भइरहेछन् । अचेल कता कता मलाई लाग्छ हामीसँग अब जीवनबोधको कुनै निश्चित सत्य छैन । लाग्छ अहिले यतिखेर हामी कुन यात्रामा लागेका हौं - जीवनयात्राको कुनै यकिन छैन । हामी सुख, आनन्द र सुरक्षाका लागि निरन्तर प्रयत्नशील छौं, तैपनि अहिलेसम्म दुःख, निराशा र असुरक्षामै बाँच्न बाध्य छौं ।
इच्छा, तृष्णा लोभ आदि यावत प्रपञ्चनासँग गाँसिएको महन्वाकाँक्षाभित्र कैंद- हामी जब छटपटाउँछौं, त्यसलाई कसैले नाच भन्छ । संवेदनाले छाती भरिएर जब सुसाउँछौं - कसैल्ो गीत भन्छ अथवा कविता । भित्रभित्रै चुँडिएर, टुक्रिएर, खुम्चिएर जब मर्ुछा पर्र्छौं- कसैले त्यसलाई संगीत भन्छ, कसैले अनिश्चित रंगमा निश्तिपना दिन कोरेको, पोतेको चित्रकला । एउटा दृश्य हर्ेर्ने आँखाहरु पनि फरक-फरक छन् । एउटै आवाज सुन्ने कानहरु पनि फरक-फरक छन् । एउटै अनुभूति गर्ने मनहरु पनि फरक-फरक छन् । मान्छे पिच्छेका आँखा, कान र मनहरु - जुन युगदेखि स्थापित दृश्य, आवाज र मौसमलाई फरक फरक देख्छन्, सुन्छन् र अनुभूति गर्छन् ।
 बाजेले जे देखे, बाबुेले अर्को देखे , छोराले अर्कै ् नातिले अर्कै । सत्य छुन पुस्ता दर पुस्ताले सकेनन् । एउटा निश्चित विश्वास र एउटा दृढ एकिनसाथ कोही साक्षात्कार भएनन् । सम्झन्छु, बाल्यकालमा हाम्रो मन कस्तो स्निग्ध र स्पष्ट थियो । त्यही मन किशोरवय र युवामा प्रवेश गरुन्जेलसम्म पनि ऐना जस्तै र्छलङ्ग थियो त्यसबेला कुनै पनि साथी, साथी नै थिए अन्तरघाती थिएनन् । त्यसबेलाको हाँसो , हाँसो नै थियो - अहिले कसैले केही भन्ला कि भनेर हाँस्ने हाँसो जस्तो बाध्यताको पासो थिएन । अहा

११ त्यसबेलाका संवेदनाका लहरहरु छातीमा कति विचित्रसँग उठ्दथे , आफ्ना वयकी कुनै किशोरीसँग मुस्कुराउन पाउँदा मनमा कस्तो थाहा पाइनसक्नु भावनाका इन्द्रेणीहरु तरङ्गति हुन्थे । के गरौं, कसो गरौं - भाषा नपाएको अनुभूति उठ्थ्यो , बस्थ्यो र कैयौ दिनसम्म हृदयका वरिपरि फन्को मारिरहन्थ्यो । त्यसबेला बाँच्नु अहिले जस्तो हरेक दिन बाध्यता नभएर एउटा रमाइलो उत्सव जस्तै लाग्थ्यो ।

उमेरका क्रमशः आरोहणसँगै घर परिवारको जिम्मेवारी, पेशागत जीवन र बढ्दो महँगीको बीचमा , मुलुकको अस्थीर राजन्ौतिक वातावरण र यसका चारैतिर फैलिएका संस्थागत विकृतिहरुमाझमा - अहिले जीवन कस्त्ाो कहाली लाग्दो क्षणका उभिएको क्षण प्रतिक्षण अनुभूति भैरहेको छ । त्यति सफा त्यति स्निग्ध र ऐना जस्तै त्यसबेलाको मनमा समयले कति धुलो जमाइसकेछ । चढ्दो उमेरको आरोहणसँगै बाँच्नु पर्ने बाध्यताले फूल जस्तो कोमल , लचिलो यो मन अहिले कति कठोर बनाइसकेछ । त्यसबेलाको निष्ठा, धर्म र स्वभाव थाहै नपाई समयले कतिवटा काँचुली फेरिसकेछ । आज आफूलाई टाढा उभ्याएर त्यो तस्वीर तुलना गरेर हेर्दा आफैंलाई स्वयं आफैं कस्तो चिन्ानसक्नु भइएछ ।

यस्तो संवेदनाहीन, यस्तो तरङ्गविहीन एउटा कुरुप बूढी कन्याको उमेरमा बाँच्न बाध्य मानिससँगै कुन उत्साहको ज्वारभाटा होस् कुन आशाको झंकार होस् कुन विश्वासको सञ्चार होस् । ठाउँ छाडेर लडिसकेको ढुङ्गाले कहाँ आफ्नो निश्चित धर्ती भनेर अडिने - अरुको इच्छामा अरुकै कौशीको गमलामा फुल्न अभ्यस्त भइसकेको फूललाई आफ्नो धर्तीमा उम्रन, बढ्न र फुल्न्ा कति अप्ठ्यारो । बाँच्नुको कति मीठो भ्रम पालेर बाँचिरह्यौं । मनभरिखुसी र आनन्दै छ भन्ने भन्ने भ्रम पार्न कतिपल्ट हाँस्यौ - मुख हाँसेर मन रोइरहेको कसले देख्ने - अरुलाई ढोग्दा ढोग्दा बनाएको आफ्नो आत्मसम्मानको भ्रममा कति सजिलै लोकका अगाडि स्वाभिमानी चरित्र प्रस्तुत गरी रह्यौं । अहा १ अहिलेसम्म बाँच्नुका नाउँमा कति अभिनय गर्‍यौं, गर्‍यौं । अवसर, मौसम स्वार्थ अनुसार हिड्नु पर्ने यो सांसारिक यात्रामा आफ्नो लागि भनेर त कति हिडियो र - आफ्नो खुसी बाँच्न्ा कतिपल्ट आफूलाई किनियो, बेचियो । समयको नियतिमा बग्दै जाँदा मन लागेका काम कुरा र सम्बन्धलाई कति पूरा गर्न सकियो र -

जीवन यात्राको यो उमेरसम्म आइपुगेर संझदा लाग्छ यात्राको पूर्वाद्धसम्म त आफैं हिडियो, उत्तरार्द्धतिर आएपछि अहिलेसम्म मेरो नाउँमा को हिडियो - को हिड्यो, घरीघरी हेर्छु, नियाल्छु - त्यो मानिस म चिन्दिनँ । यतिबेला मनमा बारम्बार एउटा प्रश्न उत्तर खोजिरहेछ ,आखिर म कहाँसम्म आएँ त ?

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment