Home » » हालत

हालत

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Friday, September 17, 2010 | सम्प्रेषण समयः 7:00 AM

स्मृतिकुटीबाट युग ‘योगी राई
नवोदित साहित्य वाचनालय दोहा कतार
मूल फुटेर
शरीरको रेशा–रेशा र छिद्रा–छिद्राबाट
पसिनाको खोलो बग्छ
लगाएको लुगा बगाउन खोज्छ
वर्षा हँुदा
बलेसीबाट पानी खसेभंंmै
बाहुला कलर र फेरोहरुबाट
पसिनाको धारा झर्छ
जुत्ताहरुको पोखरी बनाएर
खुट्टाहरु पौडी खेल्छन्
छिन–छिनमै पोखरीहरुमा भेल पसेर
बाढी आउँछ

अनि म बाउुन्न डिग्रीको घाम ओढेर
त्यो खोलो तर्न तम–तयार हुन्छु
हो यसरी
शरीरले तापक्रम नाप्दा–नाप्दै
म सावेल र गैंचीको हतियार नचाउदै
रोडा, ढुङ्गा र रमलसित युद्ध गर्छु
मेरो दर्शक बनेर मुदिरहरु
“याल्ला याल्ला” गर्दै हुटिङ गर्छन्
म युद्ध गर्दा–गर्दै 
कर्मभूमिमै ढल्छु
थाहा छैन
उठाएर मलाई एसी–रुममा लगिएको हुन्छ
होस आउँदा देख्छु
तिनै मुदिरहरु
मलाई “हाउ आर यु नाउ” भनी सोध्छन्
म रिसले आक्रोशित भएर पनि
निधौरो मुहार लिएर
“मलाई ठिक छ अहिले” भन्छु
घरबाट फोन आउँछ
गर्मी निकै बढेको छ रे
हाल खबर के छ
कसरी खट्दैछौ भनी सोध्छन्
जवाफमा
“अँ गर्मी अलि अलि छ पचाउदै छु,
पैसा कमाउदैछु” भन्छु ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment