महेश्वर नेपाल
चण्डेनी मन्डन–५, काभ्रे
हाल– दोहा, कतार
प्रलयकारी बादल सित लुकामारी खेल्दै कुहिरो चिरेर ठिङ उभिरहेछ
सदियौं देखी त्यो सगरमाथा
अथाह र अनन्त उचाइ लिइ
नेपाल र नेपालीको परिचय दिइ
सरा ब्रमाण्डको क्रियाकलाप नियालिरहेछ
ब्रमाण्डका सरा मानिस लाई लठ्ठ परिरहेछ
उसको स्पर्श मा रम्न चाहनेहरु
तछाड माछाड गर्दै
उसको छातीलाई अङगालोले बेरेर
स्वप्नलिन हु“दै चिर निन्द्रामा परिरहेछन ।
ए हिमालय पर्बतका नायक
ए दुनियाको मोती
अनी ए नेपाल को गौरब
अब त तिमि पनि चोखो र निश्चल भएनौ है
कहिले तिम्रो उचाईलाई लिएर
तिम्रो अस्तित्व लुट्ने प्रयत्न गरिन्छ
त कहिले तिम्रो पबित्र भुमिमा
कुखुराको सा“प्रा लुछाचुडी गर्दै
कक्टेल पार्टी मा
मान्छेहरु ताण्डव नीत्र्य नाचीरहन्छन
तिमी माथि यत्रो अन्याय हु“दा पनि
न त माछापुच्छेले साथ दियो
न त गौरीशंकर , अन्नपुर्ण
मनास्लु र लोत्से ले नै साथ दिए
न्याय र अन्याय छुट्याउन बसेको
स्वयम्भुको दुइ आ“खा मा पनि
अब त मोति बिन्दु लागेछ क्यारे
अब कसले साथ दिने खोई तिमि लाई ?
सबै आङ्खनु आङ्खनु भाग मागी रहेछन
तिमि कसको भाग मा परेउ ह“ ?


0 comments:
Post a Comment