राजन रसिक बस्नेत
सतासीधाम, झापा
म नि तोड्छु वाचा कसम बोलिराख्नु पर्दैन हैभित्री आत्मा सबै देखें खोलिराख्नु पर्दैन है
भत्काई दियो मनको महल जलाईदियौ मुटु पनि
मेरो अन्त्य गर्नलाई पोलिराख्नु पर्दैन है
तिम्रो दिलमा चोट पर्दा मेरो दिल चस्के पनि
मेरो आत्मा तर्साउनलाई गोली राख्नु पर्दैन है
नाता तोड्न वाचा तोड्न हाम्रो प्रीतको साथ तोड्न
नाटकरुपी विवाह जालको डोली राख्नु पर्दैन है
बेच्यौ अरे शरीर पनि बेचिदेऊ आत्मासँगै
मेरो निम्ति फरिया र चोली राख्नु पर्दैन है


0 comments:
Post a Comment