Home » » कविता

कविता

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Thursday, January 27, 2011 | सम्प्रेषण समयः 12:08 AM

                                                                                                      महेन्द्र “वियोगी ”गुरुङ्ग
       ढकमक झल्किरहने तिम्रो मुहारका सुनगाभालाई
       प््रााप्तिको लडाइमा भिडिरहन यो परदेशी
       थाहा छैन ............।
       तर किन हो यो नयनका पाराहरु
       निडरतामा टोलाइरहन्छ
       तिम्रो आकृतिहरु
       तिम्रै साहित्यिक भावहरु
       गुनाइरहन्छ अनि भुनभुनाइरहन्छ
      अनि यो निर्धोसि मेरो सहयत्री कलम
      कपिका टारबारिहरु खनजोत गर्छन्
      मलजल गर्छन्
      अनि बिउ छर्छन्
      यहि सहयत्रि टारबारिका आधारहरुमा
      म असिमित आषाबादि हुदैछु
      सपनै सपनाको फुलमाल उन्छु
      तर थाहा छैन .........।
      कतै मैसमले त छल गर्ने होइन
      मेरो तपश्य भङ्ग हुने त होइन
      अह ! यो हुनै सक्दैन
      सत्यको विजय अवश्ये हुन्छ
      तिम्रो भिखको तपश्यमा प्राप्ति त अवश्ये हुन्छ
      किनकी ..............
      जव तिम्रो मिठो हसाइ र शब्दको भावहरुले
      अधिकारको परेधि घेर्न मन लाग्छ
      ह्रदयको रानि बनाइ
      गद्धिमा सजाउन मन लाग्छ
      भगवन संग गुहार माग्र्दै
      आफ्नो बनाउन खोज्दैछु म
      के सहमत छौ त ..........?
      यो पागल प्रेमीको उद्धघोषलाइ मध्यनजर
      केहि टिपणी गरि हेर त
      अनि रुझि हेर त ?
      के तिमी मलाइ साचै माया गछौ त ?
      भगवन संग कसम खान्छौ त ? भाकल गर्छौ त ?
      अब हामी छुटिने छुइन सात जुनि सम्म
      जुर्मुराउने काडाहरुमा पनि
      खालि पाइलाको साहसतापन
      के तिमी जगाउन सक्छौ ?
      उर्मान सक्छौ ?
      यो मरभूमिको सेरोफेरोमा तिम्रो हातपाउहरुले
      मलजल गर्न सक्छौ नि होइन ?
      जब हाम्रो प्राप्तिको फल लाग्नेछ
      अनि सुरुवात हुनेछ जीन्दगीका नयाँ रुपरेखाहरु
      के तिमी पार गर्न सक्छौ त ?
      यो खोक्रो जीन्दगीका अर्धाङगिनी भइ
      दुःख सुख बाड्न सक्छौ त ?
      क्षितिज पारिको आकाश र पातलहरु नियली हेर त ?
      त्यसको सहयत्री भइ सस्मरण गरि हेर त ?
      अनि तिमीले केहि प्राप्त गर्न सक्छौ
      यो वियोगी संसारका पाठपुर्जाहरु
      सन्ध्य र दिव्यको हातेमलो संगै
      बाचाबन्धनमा बाधिएका छन्
      न त त्यहा कुनै नैतिकता नै पतनिएको छ
      न त अस्मिता नै लुटिएको छ
      एक आपसमा चुम्बनका माया छरिरहेका छन्
      दुनिय माया पिरतिका परखीहरुलाइ
      पारदर्शिता छरिएका छन्
      जहा हुनेछ चोखो माया अजम्बरि नाता
      भविश्यको परेधि भित्र
      चित्रण कोरिरहेको हुनेछ
      के तिमीले पनि साथ दिन सक्छौ ?
      यहि परेधि भित्र रहेर
      तर म हरदम तयर छु
      तिम्रो प्राप्ति भित्र बाधिए भने
      अनेकौ गतिबिधिका पर्खालहरु उठे पनि
      सन्तुस्टिका परेधिहरु ीखचेर
      बाच्ने अठोट गर्दैछु

           समाप्त
                                          ताप्लेजुङ्ग
                                          हाल दोहा कतार

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment