Home » » मेरी आमा

मेरी आमा

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Wednesday, January 12, 2011 | सम्प्रेषण समयः 9:27 PM

महेन्द्र “वियोगी” गुरुङ्ग
मेरी आमा
गरीबिको धारमा हिडि
नौ महिना कोखमा बोकि
भारैभरको सँकटसँग
यस धर्तिमा पाइला टेकाइदिइन्।
दश धारा दुध चुसाइन्
तोतेताते बोलिसँगै
मिठो सपनाको भरमा
आधारैआधरको मुहान सँगै
कपि कलमको नाम भन्दै
पाठशालाको बाटो दिदै
एक छाक सम्म राम्रो नखाइ
पटुकिले भोको पेटलाइ
फकाइफुलाइ कसेर हिड्थिन।
आप्ःनो मुटुको टुक्रा भन्दै
खुसि हेर्न हसाउन चाहान्थिन्
मेरी आमा
दिन भरको मेलापात
रात भर घरको काम
बिहानीको भाले डाकमै
रातो पानीले पेट भरी
रसिनाम्सँग पौठिदै
बञ्चरो कोदालोसँग लड्दै
सुक्खा शरिर
बिना अर्थ झै भएर
कति मरि मेट्थिन्
मेरी आमा
यो लडाइसँग
भिडन्तको समुहमा मात्र
किन परिरहन्छ
कहिले पनि सकेकि छैनन्
विजय प्राप्त गर्न उनले
सधै नैआइरहन्छ
उसकै नजरमा मात्र
अनेक गतिविधिका आधिबेरीहरु
तर पनि मेरी आमा
पछि कहिले परिनन्
आज मलाइ
कालो अक्षरसँग
तोतेताते गर्दै
बोल्ने बनाइन्
मेरी आमाले
मेरो शिक्षाको मुल ढोकाहरु
ढक्ढकाउन नपाउदै
निमोटिन थाल्यो घाटिहरु
अनि बन्देज लाग्न थाल्यो
पाठशालाका यात्राहरु
किनकी
मेरो आकृति सँगै
थपिन थाल्यो बोझहरु
के खाने के लागाउने
सँकटै सँकटको घडिहरुले
भ्mयाउकिरी झै
भून–भूनाइरहयो
अनि अलमलाइरहयो
मेरी आमाको
सुकिसके आखाँबाट
अमुल्या आँसु झार्थिन्
मेरी आमा
अनेकै सपनाहरु
स्थापना गर्थिन्
अनि सपनामैअन्त्य गथिन्
यसरी नै जीन्दकिको अध्यारो पानाहरु
पल्टाउन खोज्ने आधारहरु
मेरो विकल्प नरहदा
अनायासै मेरो यात्रा
हरियो पासफोर्टसँग
सँगत गर्न पुगेछु
गुलामीको मैदानमा पुगेछु
कर्कलाको पानी झै जीवन
मोलतोल गर्ने
दशैयमको खसि झै
भुसियाहरुको सोख मार्ने
बिना अर्थको साधन हुदैछु
तर पनि किन यहा
त्यही घडी त्यही मैुसम
बजारिरन्छ मेरो सामु
कति मिठो थिए होला
मेरो दुःखी आमाका इच्छाहरु
सुख पाउने र हस्ने दिनको प्रतिक्षामा
मेरी आमा
खै कसरी कोट्याउ आमा
तिम्रो जस्तै भुतपे्रतहरुको भेदहरुले
डस्न छाडेको छैन
रेट्न छडेको छैन
कसरी भनु आमा
यो परदेशी धुनहरु
तिमीलाइ झन थपिनेछ
दन्किरहेका त्यो ज्वालाहरुमा
दयामाया नभएका
ती पापि घिउहरु
तर पनि हासेकै छु
सुख नै छु
झिलीमिली हटहरुमा
चरेकै छु
चिल्ला कारहरु चढेकै छु
ठूलाठूला गालि बचनहरु
थामेकै छु
मेरी आमा
चाहेर पनि आज म
दन्किरहेको तिम्रो ज्वालाहरुमा
आमा सक्दिन म हन्न
बज्रपतका चोइटाहरु
आमा बज्रपातका चोइटाहरु
समाप्त

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment