Home » » मुक्तक (हजारौको नजरमा तिमीलाई रोजेको मैले)

मुक्तक (हजारौको नजरमा तिमीलाई रोजेको मैले)

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Friday, February 25, 2011 | सम्प्रेषण समयः 10:58 AM

इन्द्रा चाम्लिङ  “खुसेनिछो
हजारौको नजरमा तिमीलाई रोजेको मैले
दुःखसुख हरेक पलमा तिम्रो साथ खोजेको मैले ।
मन्दिर पनि धाउन छोडे तिमीसँग भेटे पछी
भगवान मेरो तिमी नै हौ त्यसैले त पुजे मैले ।।
             
सबै सबै पलहरु तिमी सँगै बिताउ लाग्छ
सपनीमा बिपनीमा एकै साथ हराउ लाग्छ ।
मिठो माया अनि छाया बनि लौन
भावनाको आँखा भित्र सधै सजाउ लाग्छ ।।
                               धुपू–  सँखुवासभा
                               हाल–  दिल्ली

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment