Home » » कविता

कविता

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Saturday, February 26, 2011 | सम्प्रेषण समयः 10:12 PM

 अल्कापुरीबाट बुद्धको पत्र                                        दिलिप अविरलअनिदो तन्दालाई चिर्दै                                        
अल्कापुरीको भूपिबाट
खोई म कसरी ब्यत्त गरुँ
सम्वेदना र सहानुभूतिका शब्दहरु
खोई कसरी शब्दहरुमा उतारुँ
सत्ता लिलिप्सा र
अर्थहीन भाषणहरु
म पल पल
खोसिदैछु लुछिदैछु
अनि कसरी ब्यत्त गरुँ
मेरा आफ्ना दर्दनक पीडाहरु
खोई कसले बचाउछ
मेरो वस्तु कला अनि
त्यस मित्रताको प्रतिबिम्बहरु
हो, अनि
अक्षर अक्षराँशमा
कँुदिएका मेरा जीवन्त वाणिहरु
म कसलाई हार गुहार
अनि बचाउने आग्रह गरुँ
जो आफै लड्दैछ
सत्ताको मँह जालमा
स्वयँ आँफै ढल्दैछ भने
उसले मेरो के बचाउ गर्ला ?
हो, त्यसैले
खोई मलाई कसले बचाउला ?
भनौदा ती
हजारौ खम्बाहरु
हयाकूलो साप्रा लुच्छन् ब्यस्त छन्
अनि सडक गल्लीहरु यकाई
ठूला ठूला महल बनाउने दौडमा छन्
देशको वागडोर सम्हाल्ने
ती ६६१ हस्तीहरु
त्यही प्राण प्रिय कुर्सिनीको
ह्रास लिलामा मन्त्रञ्च छन्
भो मलाई विश्वास रहेन अव
म बाँच्छु भन्ने आस्था भएन अव
हो तयसैले
नजत जनार्दन हो
अब पालो तिमीहरुको
म बाच्नु छ
तिमीहरुले बचाउनु छ
हरेक दिन
म सुस्तासँन्गै जुछिदैछु
मेचीसँगै पििचदैछु
अब यस्को अन्त्य गर्नु तिमीहरुले
मेरो आस्था र विश्वासलाई
जोगाउनु छ तिमीहरुले
पुन देशमा शान्तिको बहार ल्याई
मेरो वाणिहरु जनताकै हुनु छ
म नेपाली हँु नेपालीकै
भन्ने इतिहास पून पल्टाउनु छ
यो सव
नजता जर्नादन
तिमीहरुले नै गर्नु पर्छ
फेरि एउटा
सन्देश विश्वमै छर्नु छ
मै बुद्ध हँु बुद्धनै नेपाल हो
भन्ने गाथा गाउनु छ
मेरो अनि देश खातिर
सदैव लड्दै जानु
काँधमा काँध मिलाई अगाडि बढ्नु
मेरो आश्था र विश्वासलाइ बाचाइ राख्नु
ज्ञानको अग्राह सागरलाई छर्दै राख्नु
कुविचारका खाडलहरु पुर्दै जानु
विश्वासका अनिगिन्ती झन्कार लिएर
बचाउन छौ भन्ने आत्मा विश्वास लिएर
आज विदा हुन्छु
यद्यापि
कुनै दिन आउनेछु फेरी
सुन्दर ज्ञानको वाणिहरु लिएर
पून अलकापुरीबाट
हो , पुनश्च  अलाकापुरीबात
                                                              मधुमल्ला मोरङ्ग

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment