Home » » छुवाछुत बिपक्ष गजल

छुवाछुत बिपक्ष गजल

सम्प्रेषकः नवराज "अटल" | सम्प्रेषण मितिः Friday, March 11, 2011 | सम्प्रेषण समयः 9:15 PM


छुवाछुत बिपक्ष गजल आचार्य प्रभा



नगर अब जातको कुरा जमाना अर्को छ
छुवाछूत् जती गर्दछौ तिमी सहन चर्को छ ।

काटेमा बग्छ रातो नै रगत क्यै'छैन फरक
अबिश्वास मासी उज्यालोतिर हिँड्नेको लर्को छ ।

पुराना कुरा सत्य नै हुन्छ औसत गरेर
अहिले भने जातको कुरा दिक्दार झर्को छ ।

जातले अब हुन्न है नाता मनले देखे'सी
नमिले मन एकार्का बिच झर्को र फर्को छ ।

एैलेको युग जातमा हैन मान्छेमा रम्दछ
ललाट हेर सबैको आज समान धर्को छ ।

रचना( २ /९/ २०११ )

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment