
युग “योगी” राई
त्यो यात्रा
त्यो सफर
मेरो जीन्दगीको हो या
त्यस दिनको मात्रै
प्राय सुनसान
कालो अलकत्रे पिचलाई चिर्दै
गति गन्तब्यमा पुग्नलाई
मरभुमिमा बालुवाका थुप्राहरु
पछि छाड्दै अघि बढ्छ
हो, केस्राले
मेरो जीन्दगी बिछाएर
मेरो आत्माको सिरानी हालेर
भावना ओढेर निदाउछ
म बाइपँखी घाेंडामा चढेर
आकाश गँगाको सयर गर्छु
भ्ःयलको सिसाको चेबबाट छिरेर
हवाहरुले केस्राहरु मेरो मुहारमा पार्छ
मलाई काउकुति लाग्छ
म भित्र निदाएको उत्तेजनाहरु जाग्छ
धन्यवाद ती हावाहरुलाई
केस्राहरु सित मेल गराउछ
साधुवाद छ त्यो सँयोगलाई
गन्तब्यले तगारो हाले पछि
केस्राहरु छुटिन्छन् म देखि
तर एउटा केस्रा अल्झिन्छ र चुटिन्छ
मेरो कोटको टाँकको आत्माहरुमा बेरिएर
हो, त्यो कपालको एक केस्रा
मेरो कोटको टाँकमा टाँसिएको हो या े
टाँकले त्यो केस्रा तानेको
म त्यो कपालको लामो त्यो केस्रा
जतनले हातमा लिन्छु
मुर्साछु र मोई खान्छु
केटाकेटी छदा
किताबको चेपमा मयूरको प्वाँख च्यापे झैं
मेरो खालि कापिको बिच भागमा
त्यो केस्रा राख्छु
त्यसलाई म बेहुली बनाउछु
शब्दहरु उनेर
बरमाला पहिराई दिन्छु
अलँकार र आभुषणले
त्यसलाई ढाकिदिन्छु
अनि सुस्तरी बोलाउछु
मेरी ह्रदयकी रानी
“कविता” भनेर ।
उर्लाबारी १ मोरङ्ग


0 comments:
Post a Comment