नवोदितको३९औं काब्यिक वाचन सहित नयाँ वर्ष०६८को शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न ।
“भाषाको उत्थान नेपालीको पहिचान” भन्ने मुल उत्घोषका साथ ८अप्रिलका दिन ३९औं नियमित काब्यिक बाचन शृखला एवम् नयाँ बर्ष२०६८सालको शुभकामना आदनप्रदान कार्यक्रम संस्थाका अध्यक्ष नबराज वि.क.“अटल”को अध्यक्षतामा उल्लेखनिय साहित्यकारहरुको उपस्थितिमा सम्पन्न भयो ।
नेपाली भाषा तथा साहित्य सृजना लाई संरक्षण तथा सर्बद्धन गर्दै अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउदै साहित्यक हित र उन्नतिका लागी मोफसल बाट पनि महत्वपुर्ण योगदान पु¥याउन सकिन्छ, भन्ने बुलदं आवाजका साथ केन्द्र बाहिर चाहे स्वदेशी कुनो होस् वा विदेशी भूमी नै किन नहोस् आफू जून ठाउमा हुन्छौ, त्यहि ठाउमा लगनशिता सगै निरन्तरता दिएमा साहित्य लाई जस्तो सुकै बाडी आए पनि रोक्न नस्कने कुरामा दिदै स्रष्टाहरुले साहित्य प्रति आफ्ना धारणा राख्दै महेद्र गुरुङ्ग,युग योगी राई, हर्क जिज्ञाशु राई,राजन थापा,रजाक रायन, चुडामणी काफ्ले,सन्त बा बम्जान,ललित बा तामाङ, चद्र बा भूजेल,दिलिप राई,मेघ तामाङ, धनेश्वर जि.शी.,
दिलिप आले मगर, मो.जुवेर आलम,फुल बा मगर, नबराज बि क, मिलन राई,लगायत अन्य अन्य उपस्थित स्रटाहरुले विभिन्न विधामा कविता,गजल,गित,हाइकु,मुक्तक बाचन गरेका थिए ।
साथै संस्थामा आबद्ध सदस्यहरु मध्ये केहि सदस्यहरु कतार बाट नफ्कने गरी नेपाल जानु भएकाले रित्त हुन आएका पदहरु लाई समेत पदपूर्ति गरिएको छ । जसमा द्धितिय उपाध्यक्षमा चुडामणी काफ्ले सहित सदस्यहरुमा पूर्ण वेघा,रजाक रायन,भिवेन्द्र थापा “सिमल”फुलमान ढोरेली मगर, रहेका छन् ।
बिभिन्न चुनौति सँग सामना गर्दै विगत ४वर्ष देखि निरन्तर रुपमा सक्रिय रहदै छहरिएर रहेको साहित्य एवम् साहित्यकारहरुको क्षमता लाई प्रस्फुटन गर्ने अवसर मिलाउदै आइरहेको र अगामी दिनमा समेत साहित्यकारहरु साहित्य उन्नति र हितको लागी एकजुट भएर लाग्नु पर्नेमा जोड दिदै सस्थाका अध्यक्ष नबराज “अटल”ले सम्पूर्ण उपस्थित स्रष्टा लाई धन्यबाद सहित नयाँ बर्षको शुभकामना दिदै कार्यक्रम समापन गर्नभयो ।
नबोदित साहित्यिक बाचनालय दोहा, कतार


0 comments:
Post a Comment