गजल
जित्ने भन्थ्यौ कसैगरी,हारेर के गरेकोरु
संहालेर राख आँशु,झारेर के गरेकोरु
उठाएर मुर्दा देह,श्वास भर्दै जगायौ,
के अचम्म१लौन फेरी१मारेर के गरेकोरु
फूल्थ्यो होला जंगली फूल,पखेरामा खोंचमा,
उठाएर दिल्मा ब्यर्थै,सारेर के गरेकोरु
जुनी(जुनी फूल आउ,भन्दै लौ१सुस्त(सुस्त,
उस्का सबै बाटाहरु, बारेर के गरेकोरु
तिम्रो(उस्को फक्रिएर,फूल्नै बाँकी साथको,
ए१निर्दयी१ पत्ता(पत्ता,फारेर के गरेकोरु
तिमी संगै पुगेन उ ,न त एक्लै रमायो,
यो अमेय१ मझ्धारमा,पारेर के गरेकोरु
अनन्त लम्साल बगर
बागेस्वरी ४,नुवाकोट
हालस् दोहा,कतार


0 comments:
Post a Comment