राजन थापा
मेरो प्रतिक्षामा प्रिय दियो बत्ती बाली राख,
सिन्दुर पोते लिई आउँछु सिउँदो गला खाली राख
पिरतिको जातै यस्तो प्रतिक्षामा बांच्नु पर्ने ,
मिलन हुन्छ हामी दुई को यही विश्वाश पाली राख
तिम्रा लागि मखमली बुट्टे चोली कमाई ल्याउंला ,
जस्तो पाक्छ त्यस्तै खाउंला गिट्ठा भ्याकुर हाली राख
जति गर्थें पहिले माया त्यती नै छ आज पनि ,
स्वार्थ मात्र होला भन्ने भ्रम मनको फाली राख
सदस्य
नबोदित साहित्यिक बाचानलय
दोहा, कतार

0 comments:
Post a Comment