Home » » यो बस्तिको म टुहुरो

यो बस्तिको म टुहुरो

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Tuesday, May 31, 2011 | सम्प्रेषण समयः 9:07 AM

बस्तिको म टुहुरो                                    महेन्द्र 'वियोगी' गुरुङ  

समय चर्किदै छ मेरो गाउ बस्तिमा
अनविज्ञा रुढि मचिदैछ मेरो गाउ बस्तिमा
म ति रुढिलाई नस्ट पार्न
डक्टर , बेजानी र झक्रिहरु
परिक्षण गर्न
लाईन नराखेको कहा होर
कतिको गरे अप्रेशन
तर यसको परिणम
शुन्या भएको छ

म आज अचेत भएको छु
अनि टुहुरो भएको छु
सवैलाई छोएको छ
खै यो कस्तो रुढी होला
मान्छे पागल भइसक्यो
बेरुपको घुम्टोहरुलाई
मेरो यहा
कालो चस्मा लगाएर
त्यो दृष्या हेर्न बाहेक
बिकल्पको कुनै आधार छैन

हिजो अस्ति तल्लो गाउमा
बल जिले , धन जिते , सोसके र सामन्तेले
गरिबे र छविलाललाई
खर्लम्पै  खायो भन्छ
गिद्ध र स्यालहरुले पनि
मेरो गाउ बस्ति छाड्दै छ आज भोली
बाच्ने आधार नै भत्के पछि
बिचारा हरुको मन भाचियो
त्यस्ता गन्हाउने सिनोले समेत
नपुगेका अनिकाले मानवहरु
हिजो राति स्याल र गिद्ध
मलाई बिदा माग्न आएका थिए
आँशुका धाराहरुले मेरा रुखो छाति
सिचाईले भरपुण भएका थिए

डक्टर , बैजानी र झक्रीहरुले पनि
विभिन्न बहानामा मबाट
अलग हुन खोज्छ
बिहानै त्यो भित्ते जङगलमा
स्याल र गराचुरुङ्गीहरु
कति मिठो भजन गाउथ्यो
गिद्धहरुले सिनो उठाएर
सफासुघर गरिरहन्थ्यो
आज मेरो गाउ बस्तिहरुमा पनि
मान्छेका आलो रँगहरुले
बिचित्रको दुर्गन्धले
धार टल्काउदै रेट्न खोज्छ

कोहि विषेसज्ञा भेट्छु की भनेर
यो रुढीलाई सखाप पार्न
धस्त बनाउन म टुहुरो
एटम बमको खाचो भो मलाई
यो टुहुरोको बस्तिहरुमा
राम बनेर आइदेउ कोहि
रामणका सन्तानहरुलाई
सखप पार्नुछ मैले
मेरा करेसाहरु
फुलै फुलको बगैचा बनाउनु छ मैले
फेरी त्यहि गिद्ध र स्यालहरुलाइ मैले
बाध्ये बाजन सँग भजन र कृतन
बनाउनु छ मैले
गाउनु छ मैले
               ताप्लेजुङ्ग  दोखु ७
               हाल  दोहा कतार


संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment