महेन्द्र “वियोगी” गुरुङ्ग
सत्या बोल्नु पर्छअर्थ खुल्नु पर्छ र खुलाउनु पर्छ
हावाका पछि लाग्ने भुवाँहरु हो
यथार्थको जल पिएर
तिमी निडर बन्नु पर्छ
जहा तिम्रो अनि हाम्रो
माडको फल लाग्नेछ
रित्तो मनहरुको बगैचामा
थुकको घुट्काहरु निल्दै
तिम्रो दर्पणमा सजाउने बिम्बहरु
अभिलासाको मुनाहरु मै
निमोटिनेछ र हत्या हुनेछ
खै त तिम्रो अर्थ
कहा फुल्यो सुर्यमुखि
कता लुक्यो लेक बेसी
भो अव यात्रा फेर्छु म
सत्या कोर्छु म
जहा मजदुर किसानहरको
सलाम र सलोट हुनु पर्छ
उच्च स्थान मिल्नु पर्छ
चिरा चिरा कुर्कुचा र हत्केलाहरुको
फुली भिर्नु पर्छ
लेक बेसीहरुमा बजारेको बुटहरुको
तनाखा फुल्नु पर्छ
टाई पजेरोको आगनहरुमा
म देउसी खेल्न चाहान्न र
खेल्न पनि दिन्न
म हलि र भरियाहरुको आगनमा
देउसी भैलो खेल्छु
जहा मेरो भड्रयाउनुको अर्थ हुन्छ
मैले दान पउछु
मेरो छातिको उर्वरायुक्त भिरपाखाहरुमा
गुराँस र चिमलको फुलहरु
खुसि हुनेछ
मेरो घर सँगीतमय हुनेछ
भो नश्राप खोक्रो मनहरुलाई
अनिकाले धोक्रोहरुको
पेट कहियै भरिन छैन
अञ्जुली फिजाउनुको तिम्रो अर्थ
त्यहि हलि र हामी जस्ता
सावधानका दियोहरु हुन्
वर्वाद नगर समश्यहरुलार्ई
जुन समश्यलाई
लोभि र अनिकालेहरुले
सिङ उर्मादिने छ
अनि
हात्या गरिनेछ त्यहि समश्यले तिमी माथी
समश्यको कुनाहरुमा
तिम्रो दिप्दिपे दियोहरुले
अन्धकार पन्छ्याउदै लानेछ
हो ! आफ्नै सानो करेसामा
सवाधानका बिर्ना लागाउ
जुन बिर्नाबाट जगमगाएका दियोहरु
गाउँमा बाड
शहरमा बाड र
सँसार बाड
अनि सावधाको विसाल भएर झङ्गियौ भने
तिमी उदहरणिय हुनेछौ
अनि
लोभि र अनिकाले बोराहरुको
ताल्चा र चाबी
तिम्रो हातले
खोलिनेछ र
बन्द गरिनेछ ।। ।।
दोखु ७ ताप्लेजुङ्ग
हाल दोहा कतार
biyogi2010@yahoo.com\ gmail


0 comments:
Post a Comment