Home » » ( नयाँ बर्षरुपी केही मुक्तकहरु )

( नयाँ बर्षरुपी केही मुक्तकहरु )

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Thursday, May 26, 2011 | सम्प्रेषण समयः 9:47 PM


( नयाँ बर्षरुपी केही मुक्तकहरु )                                                 आचार्य प्रभा

मनभित्रका तुस  सारा नयाँ सालले छोपी दियोस्
सद्भावका डालीहरु नव बर्षले रोपी दियोस्
रिस, राग,इर्ष्या, जलन धुँवा बनी उडी जाउन्
मित्रताको मीठो अक्षर सबको मनमा खोपी दियोस् ।


पुराना दिन जे भएनी सबैले नै भुली दिउँ
नयाँ बर्ष सौगात मानी सबै जना झुली दिउँ
मनभित्रका डाहा,इर्ष्या बाग्मतीमा सेलाउँदै
सद्भावना मीठो बाँड्दै एकार्कामा खुलिदिउँ ।


नयाँ बर्ष नियम बनी फेरि आइेदियौ
हर नेपालीको मनभरी फेरि छाइे दियौ
ईतिहास झैं कलंकित बन्ने छैनौ तिमी
कोमल मनमा मीठो प्रीत तिमीले लाइेदियौ  ।

( रचना- अप्रिल/ १३/ २०११ )   


संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment