सरोज थापा
हरेक रात आफुलाई मुर्दा देख्छु
प्रत्येक बिहानीसगै
आफ्नै चिहान खन्छु
न की भोलि मेरो नामको लाश
बेबारिसे होस्।।
हावा निल्दै ओकल्दै जिउनेहरु
मरणोपरान्त "ताज महल" कल्पिन्छन
भौतिक अवसेशमा प्रेम खोज्छन
तर मलाई मन्जुर छैन
सौखिन स्तम्भमा जबर्जस्ती झल्किने स्मरण !
इतिहासको एउटा पाना भित्र
मस्तिस्कको सानो गुफा भित्र
मेरै उचाइ र चौडाइको सानो खाडल
जहाँ म हराउन सकु
छोपिन सकु
सुगन्ध छरुन फक्रिएर फूलहरु
जस्ले मेटावोस मेरो सिनो शरीरको दुर्गन्ध ।।
न की भोलि मेरो नामको कलंक मेट्न
कुनै अत्तर चाहियोस !
जिउदा मलामीहरु
भोका मशानहरु
थाक्न चाहदैनन कसैका नीम्ति
उत्तेजित खेलाडीहरुको क्रिडाङनमा
किनकी जिउनु ऐस गर्नु हो
मोज मस्ती लुट्नु हो
हेर स्वर्गदारीको सानो प्वाल भित्र
झुकेर पस्छन र पाउ पर्छन
कर्म भूलेर भाग्य खोज्छन
तर स्वभिमानको सगरमाथा
झुक्न सक्दैन
खुम्चिन जान्दैन
त्यसैले म भु-सतह भन्दा माथी उठ्छु
न की भोलि मेरो झुकेको शिर उठाउन
टेका हाल्नु परोस ।।
एक चपरी माटो खन्दा
'झुलन' बगैचा नबन्ला
सागर नपुरिएला !
तर धर्ति अबस्य चिरिन्छ
दुई थोपा पशिना चुहिन्छ
जस्ले मलाइ ज्युदो हुनुको आभाश गराउछ ।
भलै मान्छेहरुको बस्तीबाट टाढा
एउटा शरीर ढाक्ने चिहान बनोस्
न की भोलि मेरो सद्गत गर्न
मलामी डाक्नु परोस ।
अरे परजिबी सज्जनहरु
म त समाजबाटै बनाइएको पागल हुँ
तर जिउदो छु ,स्वतन्त्र छु
बाँच्नुको बिधान खाली शाश फेर्नु हैन
विश्वत पेन्डुलम हुने बायुमा
दुई मुठी शाश सुरक्षित छैन
त्यसैले केही गर !!
इतिहाशमा आफ्नो ठाउँ राख्न
हैन भने मैले जस्तै
आफ्नो चिहान आफै खन
मृत्यु निस्चित छ !!!
संखुवा सभा



0 comments:
Post a Comment