देविनबाबु राई
मान्छेहरु भन्छन यो ठीक यो बेठिक । मान्छेहरु भन्छन, यो यस्तो छ त्यो त्यस्तो छ । मान्छेहरु पाएभरको दुनियाँलाई उल्टो सुल्टो समिक्षा गरिदिन्छन कि सके सम्म उ एउटा डल्लो पनि नरहेर धुलो पिठो होस् ।
मान्छेहरु आजभोलि मान्छेहरुको माया गर्दैनन। मान्छेहरु आफु भित्र पनि आत्मा छ या छैन भन्ने कुरामा सङ्कुचित छन । किनकी मान्छेहरु एकले अर्कोलाई दु:ख दिन मन पराउँछन। मान्छेहरु आँफै अपराध गरेर आफुलाई जिताउन चाहन्छन। मान्छेहरु आफुलाई सम्ब्रिद्धी र सालीन ठान्छन जो सँग बौद्धिक सम्पत्तिको लागि अरु सँग भिख माग्नु पर्छ। मान्छेहरु आफुलाई अत्यन्त ठुला ठान्छन जो तुच्छता बाट कहिल्य चोखिन सकेका हुँदैनन ।
मान्छेहरु एक मिनटमा एक किलो मिटर दगुर्न सक्लान। मान्छेहरु उफ्रेर सय मिटर उचाइको धुरी नाघ्न सक्लान अर्थात पौडेर प्रशान्त छिचोल्न सक्लान । तर तिनिहरु विवेकका दौडमा एक हजार मिनेटमा एक मिटर दगुर्न नसक्ने लङ्गडाहरु छन। उनिहरु विभेद र विभाजनका लागि ढाँड तेर्स्याएर उभिएका एक फुट भित्ताहरुलाई नाघ्न सक्तैनन । देशलाई महासंकटमा पारेर डुबाउन लागेका एक भङ्गालो तर्न सक्दैनन मान्छेहरु ।
उनिहरुनै देसभक्तका दस्तावेज बोकेर कुर्लन्छन ।
भुकम्प र भु-क्षयले क्षत बिक्षत पारेर देश स्वाहा भएको बेला, सन्तान मरेर निसन्तान भएकाहरु डाँको छोडेर एकावाजमा देश रोएको बेला देशका प्रतिनिधिहरु विदेशी अनुदानहरु राहतहरु पोको पारेर पाँचतारे होटेलहरुमा रोदी गाएको पनि उतिखेरै देखी देखी तिनै गद्धारहरुलाई देश सुम्पेर उनिहरुका लागि आहुती दिन जाम हुनेहरु कुन देशका मान्छेहरु हुन ???
अब यतिखेरको महाविपतिमा कहाँँ बाट आयो यो असान्दर्भिक र असामयिक धर्मको कुरो ? एकत्रित र एकाम्य भएर निर्माणमा लामबद्ध हुने बेला कहाँँ बाट आयो यो तोड्फोड र विभाजनका कुरा ? कस्ले भन्यो टायर बाल्न र पुत्ला जलाउन ? कस्ले घिसार्यो विना मुल्य विना सम्मानको घटिया मृत्यु झेल्नलाई जुलुसहरुको भिडमा ? शायद विश्वमा सम्विधान बिनाको देश छैनन र ? चोषक, शोषक साथै बौद्धिक कङ्गालहरुका लागि हो सम्विधान । समानुपातिक रेखाङ्शहरु सँग जोडीएर बराबर हिँड्नेहरुलाई के को सम्विधान ? के को धर्म ? धर्म आस्थाले बचाउने हो हिंशाले हैन।
हामी अझै पनि त्यहाँ पुगिसकेका छैनौँ , जहाँँ हाम्रो भयङ्कर अन्त्य छ । हामीले त्यो भञ्याङ फड्को मारिसकेका छैनौँ कि जहाँँ बाट हामीलाई फर्कन साध्य छैन। हामी रोक्किन सक्छौँ केही सकारात्मक सोचहरु सँग । हामी फर्किन सक्छौँ कि त्यो हामी सबैको घर हो ।
यसर्थ समावेशी भएर समानुपातिक भएर समानान्तर यात्रा गर्न म भन्न चाहन्छु कि हामी सबै तोडेर हैन जोडेर हिडौँ । हामी उछिनेर हैन सँगै लिएर हिँडौँ । हामी लडाएर हैन उठाएर हिडौँ । भत्काएर हैन बनाएर हिँडौँ । एकले अर्कालाई उखेलेर हैन रोपेर हिँडौँ । मिलेर हिँडे देश शान्ती उन्मुख हुनेछ । बनाउदै हिँडे बन्दै गईन्छ, हामी बन्दै गए देश बन्नेछ । देश बने हामी सम्व्रिद्धी र सुखी बन्नेछौँ ।
- कि
कसैको कारण कसैले कसैको टाउको र छाती ताकेर बन्दुक नपड्काऊन ।
जय देश !
0 comments:
Post a Comment