Home » » युद्ध

युद्ध

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Sunday, August 16, 2015 | सम्प्रेषण समयः 12:49 AM

युग “योगी” राई (स्मृति कुटीबाट)
नवोदित साहित्यिक वाचनालय,कतार
युद्धको शँखघोष नगरी
म त युद्ध लडिरहेछु तिमीहरु सित
नसम्झ यो हिङसात्मक र रक्तपातयुक्त युद्ध भनेर
तिमीहरुलाई थाहा छैन होला सायद
यो त अदिकालदेखी चल्दै आएको शीत युद्ध जस्तै
हो यो बैचारिक युद्ध
जो तिमीहरुसित लड्दै आएको छु
कम्प्युटरको गेम जस्तै
तिमीहरुलाई विपक्ष बनाएर
म पासा फ्याकि रहन्छु
कहिले म जित्छु तिमीहरुलाई
गर्भले छाती फुल्छ
कहिले तिमीहरुले जित्छौ मलाई
म हारेर लुइरे कुकुर जस्तो होइन
बदलाको भावना लिएर
घाईते बाघ जस्तै गर्जिन्छु
हो म त कलमलाई बन्दुक बनाएर
बिचारहरुको गोली भरेर
तिमीहरु माथिको आकाशमा
हवाई फायर गर्दै छु
तिमीहरु सायद खोकाहरु टिपेर
गोलीको नम्बर जाँच गर्दैछौ होला
म मसीको तेल घसेर
कलमको सँगिनमा
तिमीहरुको खोपडीमा घोप्दैछु
नसम्झ मार्छ भनेर
मात्रै घाइते पार्दैछु  ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment