Home » » नवोदितको ४०औं काब्यिक वाचन शृंखला कार्यक्रम सम्पन्न ।

नवोदितको ४०औं काब्यिक वाचन शृंखला कार्यक्रम सम्पन्न ।

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Tuesday, August 6, 2013 | सम्प्रेषण समयः 1:28 AM

 “भाषाको उत्थान नेपालीको पहिचान” भन्ने मुल उत्घोषका साथ नवोदितको साहित्यिक बाचनालय दोहा,कतार को ४० औं नियमित काब्यिक बाचन शृखला कार्यक्रम संस्थाका अध्यक्ष नबराज वि.क.“अटल”को अध्यक्षतामा उल्लेखनिय साहित्यकारहरुको उपस्थितिमा सम्पन्न भयो । साहित्य प्रति स्रटाहरुको लगाब र निरन्तरता मा जोड दिदै नेपाली भाषा र साहित्य उत्थानमा अब सबै जना जुट्नु पर्नै बिचार राख्र्दै  कार्यक्रममा  स्रस्टाहरुले साहित्यका बिभिन्न बिधामा आफ्ना गीत, गजल, मुक्तक, हाइकु, जस्ता उत्कृष्ट रचना हरु वाचन गर्नुभएको थियो। कसैले भावनामा बग्दै आफ्नी मायालुलाई पर्खि बस्न अनुरोध गर्नुभएको थियो भने कसैले देशको वर्तमान राजनीति माथि कटाक्ष प्रहार गर्नुभएको थियो, कसै कसैले परिवर्तनको लागि अक्षरको लडाईं लड्नु पर्ने कुरा आफ्नो सुन्दर रचना बाट व्यक्त गर्नु भएको थियो। कार्यक्रममा स्रस्टाहरु राजन थापा, हर्क जिज्ञांशु राइ, रज्जाक रायन, धनेश्वर जि सि , महेन्द्र गुरुङ, चुडा मणि काफ्ले, विजय फोम्बो, मिन बहादुर नेपाली, तोयानाथ पाण्डे,पूर्ण बेघा, बेद प्रसाद आचार्य , नवराज बि क  आदि ले आफ्ना आफ्ना सुन्दर रचना हरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम को संचालन चुडा मणि काफ्ले  ले गरेका थिए ।निररन्तर रुपमा सक्रिय रहदै छहरिएर रहेको साहित्य एवम् साहित्यकारहरुको क्षमता लाई प्रस्फुटन गर्ने अवसर मिलाउदै आइरहेको र अगामी दिनमा समेत साहित्यकारहरु साहित्य उन्नति र हितको लागी एकजुट भएर लाग्नु पर्नेमा जोड दिदै सस्थाका अध्यक्ष नबराज “अटल”ले सम्पूर्ण उपस्थित स्रष्टा लाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नभयो ।

नबोदित साहित्यिक बाचनालय दोहा, कतार


संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment