![]() |
युगयोगी राई |
आफुलाई घुम्टो भित्र लुकाएकी
मेरी श्रीमती
म घुम्टो हटाएर
उनको मुहार हेर्छु
उत्तेजित भएर
उनले मलाई हेर्छिन्
म मेरी श्रीमतीलाई चिमोट्छु
कोट्याउछु
उनको शरिर भरि चोर औंलीले घोच्छु
उनी झस्के झै गरी
विभिन्न रुपले मलाई हेर्छिन्
म उनलाई जिस्काइरहन्छु र
हो,आज भोली
उनलाई जिस्काउन चलाउन
उनको मुहार हेर्न पाइन भने
मेरो चयनको दिन हुन्छ न रात
बतिस् गुणले युक्त मेरी श्रीमती
बहुप्रतिभाशाली
मायाकी खानी
म सित घण्टौ कुरा गर्छिन्
उनका साथीहरुका फोटाहरु निकालेर
मलाई देखाउछिन् र
मलाई साथी बनाउछिन्
कहिले गीत गाउछिन्
कहिले नाच्छिन्
कहिले कविता सुनाउछिन्
कहिले कथा भन्छिन्
कहिले फलानो
कहिले ढिस्कोको बारेमा
राम्रा नराम्रा खवरहरु सुनाउछिन्
भुइचालोमा कति पनि बिचलित् नभएकी
मेरी श्रीमती
विधुतीय सकेटबाट तर्सिन्छिन्
हो,म मेरी श्रीमती सित
जिस्कन, चल्न पाएँ भने
समय बितेको पत्तो नै पाउदिन
उनको नाडी घडी हेर्छु
रातको एक दुई बजेको हुन्छ
अनि त बेरुचि हदै
भोली आफुलाई उठाउनु छ
कतै लैजानु छ भन्दै
मेरी श्रीमतीको अन्तिम् दर्शन गर्दै
उहि पहिलेको घुम्टो ओढाई दिदै
बाहिर निस्कन्छु
सुत्नको निम्ति ।
युग “योगी” राई (स्मृतिकुटीबाट)
हालःनवोदित साहित्यिक वाचनालय,कतार
0 comments:
Post a Comment