Home » » खुल्ला गजल प्रतियोगिता - २०१५

खुल्ला गजल प्रतियोगिता - २०१५

सम्प्रेषकः Unknown | सम्प्रेषण मितिः Wednesday, August 19, 2015 | सम्प्रेषण समयः 10:54 PM

१५० औं मोती जयन्तिको अवसरमा 'खुल्ला गजल प्रतियोगिता-२०१५'
कतारमा स्थापित साहित्यिक संस्थाहरु अनेसास कतार च्याप्टर, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोर कतारको संयोजकत्वमा नेपाली गजलका पिता मोतिराम भट्ट को यहि १५० औं मोति जयन्तीको अबसरमा कतारमा रहनुभएका सम्पूर्ण गजलकारहरुलाई समेट्ने उदेश्यले मिति ११ सेप्टेम्बर २०१५ का दिन तपशिल बमोजिमको स्थान र समयमा गजल प्रतियोगिता गरिने निर्णय भएको हुँदा कतारमा कार्यरत सम्पूर्ण नेपाली गजलकार हरुलाई गजल प्रतियोगितामा भागलिन हुन हार्दिक आव्हान गर्दछौँ ।

प्रतियोगितमा भागलिनुहुने गजलकारहरुले मान्नुपर्ने नियमहरु :-
१ ) गजल कम्तिमा ४ शेर बढिमा ५ शेर हुनुपर्नेछ ।
२ ) गजल बाचन गर्न गजलकार स्वयं उपस्थित हुनुपर्नेछ ।
३ ) गजल दर्ता शुल्क क.री. २० लाग्नेछ ।
४ ) गजल कतै प्रकाशित नभएको कुनै देश जाती धर्म सस्कृती वा कुनै ब्यक्तिलाई आक्षेप नलाग्ने खालको हुनुपर्नेछ ।
५ )कतै प्रकाशित भएको अथवा अरु कसैको गजल लिएर बाचन गरीसकेपछी बिबाद आएमा गजलकार स्ययं जवाफदेही हुनुपर्नेछ ।
६ ) निर्णायक मण्डलको निर्णयनै अन्तिम निर्णय हुनेछ ।
७ ) गजल ७ सेप्टेम्बर सम्ममा पठाईसक्नु पर्नेछ ।
गजल पठाउनका लागि सम्पर्क गर्नुपर्ने ब्यक्तिहरु
क ) Sitaram Thapa - 66952479
ख ) निराजन प्रभात लुइँटेल - 55737525
( nirajan.luitel@gmail.com )
८ ) बिजेता पुरस्कारहरु यसप्रकार हुनेछन् :-
क) प्रथम - नगद ने.रु. १०,०००/- र प्रमाणपत्र
ख ) द्वितीय पुरस्कार :- नगद ने.रु. ७,००० /- र प्रमाणपत्र
ग ) तृतीय पुरस्कार :- नगद ने.रु. ५,००० /- र प्रमाणपत्र
घ ) सान्त्वना पुरस्कार :- नगद ने.रु. ३,००० /- र प्रमाणपत्र
कार्यक्रम हुने-
स्थान- टपफर्म रेष्टुरेण्ट दोहा नेपाली भान्साघर नजिक
मिति- ११ सेप्टेम्बर २०१५
समय- दिनको १ बजेदेखी ।
आयोजक संस्थाहरु - 
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर ।
- नबोदित साहित्यीक वाचनालय कतार ।
- संध्याग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका अलखोर कतार ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment