उफ! कस्तो चर्को घाम। म जन्मेर आधि उमेर ढल्किसक्यो। लाग्छ मेरो यत्राो लामो जीवनको कार्यकालभरी यति तातो र यति रापिलो घामको न्यानो अनुभव कहिल्यै गरीनँ मैले।

बोझिला पाइला घिस्याउदै बजार अाइपुगें। यसो छाता उठाएर साग-सब्जीतिर एक नज
र घुमाएँ। खाउ खाउ लाग्ने सब्जी देखेनन् मेरा आँखाले। उही आलु-प्याज,निउरो, फर्सी, लौका,घिरौंला। आँ! कति खानु एउटै सब्जी भनेर पनि भाको छैन। नखाइ नहुने भुँडीको धर्म। आखिर किन्नै छ केको ढिलाई!
भाउ बुझ्दै किन्नतिर लागेँ। आलु पसलमा आलुको मोलमोलाई गरेको भेटिईन जेठिआमा।
दर्शन जेठिआमा!मुख बोल्यो मेरो हात उठेनन्। मुख हुँदाहुँदै नाकले पानी कस्ले खान्छ। शब्द हुँदाहुँदै हातलाई दु:ख किन दिनु। नमस्तेको आदान-प्रदान भयो। कुरो सञ्चो विसञ्चोतिर मोडियो। सोधाईको शिलशिला चल्दै थियो। शंखको नमिठो धुनले मुटु चिथोर्यो।
छान्दा छान्दैको हातको आलु भूइमा छोडेर उठियो। लाश हेर्न हातारिएका आँखा दगुरे सडकतिर। शववहानमा लम्पसार थियो मृतक व्यक्ती। मलामीका लशकर थिए मोटरसाइकलमा। मुखबाट लामो सुस्केरा बाहिर निकाल्दै जेठिआमाले मनको यथार्थ व्यक्त गरिन्। यो जिन्दगीको के भर?बाच्ने इच्छा हुँदाहुँदै पापी काल आउछ र परिवारको बीचबाट चटक्कै चुँडेर लान्छ। लोभ गर्यो। मन लागेको कुरा नखायो। रहर लागेको कुरा नलगायो। आँ मत मरिगएपनि लोभ गर्दिनँ। मरेर के लानु छ र? रित्तै आयो। रित्तै गयो। लाश र मलामीका लश्कर जेठिआमा र मेरा आँखाबाट ओझेल पर्यो।
जेठिआमा कुहेका आलु हातमा लिएर तोलमोल गर्न तल्लिन भईन्।
गीता थापा-इटहरी-२६
0 comments:
Post a Comment