Home » » तिम्रो भाग्य

तिम्रो भाग्य

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Saturday, May 30, 2015 | सम्प्रेषण समयः 10:23 PM

एउटा खिनौटे आकृति घरको आँगनमा उभिएर बर्बराउन थाल्यो-दिदी मेरी आमा पोइल गई। बाउले अर्को ल्यायो। म मामा घरमा बस्थे।मामा घरका हजुरबा हजुरआमाले औधी माया गर्नु हुन्थ्यो। उहाँहरु मर्नु भयो। मामाहरुले ठिकै गर्थे।माइजुहरुले घरबाट निस्केर गईहाल यत्राो तिघ्रेलाई बसाइ बसाइ कस्ले घिचाउन सक्छ भनेर अपमान गरे। अपमान र गाली खाएर कति बस्नु!आ!मागेर पनि एउटा ज्यान पाल्छु भन्ने सोचेर घर छोडेर हिंँडेको।
आफ्नाले गाली गर्दैमा घरै छोडेर हिँडिहाल्नु हुन्थेन तिमीले!
के गर्नु दिदी-यो स्थुल शरीर त मान्थ्यो होला मनाएको भए,तर यो मन खराब हुदो'रैछ। कसैगर्दा पनि मानेन।
मागेर खाने बानी गर्नु हुन्न बुझेऊ!
बुझ्न त बुझेकी छु नि दिदी,तर गरिखाने ठाउँ नभएपछि लाचार भएर माग्नै पर्दोरैछ। यो पापी पेटको सवाल छ। मागेर चोरेर ढाँटेर छलेर लुटेर जे जसरी पनि यो पेटलाई अघाउनु पर्ने मान्छेको बिवस्था।
ल यहाँ बस्तै गर म तिम्रा लागि केही लिएर आउछु। ऊ भित्र पसी। दराज खोली। कपडाका खातबाट एकजोर पुराना कपडा झिकी। पैसाको बुङबाट एउटा पाँचसयको नोट झिकी। दराज बन्द गरेर मूलढोका-बाट एउटा खुट्टा बाहिर निकाल्न खोज्दा खोज्दै-सासू बाथरूमबाट आइन्।
च्याप्प उसको हात समातिन्। आँखा राता राता पारेर बोलिन्-यो कुन तेरो बाउलाई दिन लागेकी। तेरा बाउको घरबाट ल्याएकी होस् र मलाई सोध्दै न-नसोधी आफ्नो मनखुशी गर्छेस्! यो त मेरो पोइले दु:ख गरेर कमाएको सम्पत्ती। यहाँ तेरो मनखुशी चल्दैन।
उसको वाक्य फुटेन। एकोरिएर भूइतिर नजर झुकाएर सोचि-यत्रो सम्पत्ति छ,आखिर मर्दा साथ लगिदैन।
यो लोभ किन?
सबै भन्दा ठुलो मनै त होनी।
खिनौटे आकृति बर्बराउदै बाटो लाग्यो-आखिर तिमीलाई पनि अपमान कम त कहाँ रै'छ। तिमी नारी पर्यौ,अपमान शहन गर्नै-पर्ने तिम्रो भाग्य।
गीता थापा-इटहरी

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment