साथीहरुले बासबसेको होटेल साहुलाई सोध्नुभयो-यहाँबाट गुर्जुङ पुग्न कतिजती लाग्ला दाइ!हाम्रा लागि बनाएको चियामा चिनी राखे दाइले। आफू अघिल्तिर उदांगो रहेको झ्यालबाट हातको औंला बाहिर छिराएर देखाए-उ त्यो गाउँ त हो। चिया खाएर बाटो लाग्नु भयो भने भात खानेबेलामा त्यहाँ पुग्नुहुन्छ।यतैतिरका बासिन्दाका लागि तीन घण्टाको बाटो त हो।

उनले कुरा गर्दै चिया हाम्रो अगाडि टेबुलमा राखिदिए। हामीले बाफ उड्दै गरेको एक एक गिलास चिया उठायौं। बाफलाई श्वासको साहराले फुकेर सुरुप्प एक सुरुप तानिम। गुर्जुङ नपुगी नहुने कारणको छोटकरी विवरण होटेल साहुलाई सुनाएर हामीले भेट्नुपर्ने व्यक्ती र त्यहाँ पुग्ने बाटोको थोरै जानकारी बटुलिम। चियाको गिलास रित्याएर स्था स्थानमा राखिदिम। र् आवश्यक पर्ने समानको झोला बोकेर भरे बास बस्न यही अाइपुग्ने शब्दमा कुरालाई बिट मारेर बाटो लागियो।
केहीबेर त आरमदायिक अवस्थामै पाइला आफूले भनेकै ठाउँमा टेकिए। मधेशको समथर र कालोपत्रे सडक बस ट्याक्सी नभए सिटी सफारी चढेर आफ्नो गन्तव्य पुग्न बानी परेका पाइला केको सजिलै सर्न मान्थे घरी उकालो त घरी ओरालोमा। खच्चड गोठाला हामीले बामे सरेको देखेर हाँस्थे।
पाहुनाहरुसँग बोल्न रुचाउने एकै श्वासमा सोध्थे-कताबाट आउनु भो? यता कस्कामा पुग्ने? हजुरहरुको घर कता पर्यो? तिनका सोधाईमा हाम्रो खुट्टाको पिडा केही राहात मिल्थ्यो। छोटो मिठो बातचित सकेर हामीले हेर्दा-हेर्दै ति एउटा डाँडो काटिसक्थे। हामी भने जाहिँको त्यही।
बल्ल बल्ल बिहानको खाना खाने समय टर्न टर्न लाग्दा नभेटी नहुने जोडीको आँगन टेक्न पुगियो। हामीलाई देखेर ति जोडी मनभरिको दर्दलाई छातीभित्र कतै लुकाएर मुसुक्क मुस्कुराए। चिसो पानी गिलास गिलासमा टक्र्याए। हामी आउनुको कारण पहिल्यै थाहा थियो,त्यस बिषयमा सोधपुछ भएन। फोन मार्फत बेलामौकामा कुरा हुन्थ्यो। पुरानै हो चिनजान हाम्रो त्यो जोडीसँग। हामी चिसो पानीले आनन्दित भयौं। उनिहरु हाम्रालागी खानपिनको व्यबस्था मिलाउन भान्छातिर छिरे।
हामी उनिहरुले स्वागत गरेर बिच्छ्याएको राडीमै थपक्क बसिरह्यौं दुधेबालक झै। थकाईले शिथिल भएको शरीर चल्न-चट्पटाउन सक्ने अवस्थामा थिएन। अघि हाम्रा पाइलाले नापेका उकालो र ओरालो बाटोलाई सम्झेर मनले भन्यो-यहाँका बासिन्दा रातोदिन कसरी खेप्ता हुन् यो सकस!शायद बाउबाजेको थलोको मायाले यो सकस केहीजस्तो नलाग्दो हो यिनलाई। खाना तयारी भयो। औंखोराको पानी सहित खाना खाने निम्ता आयो।
रातो माटोले लिपेको सफ्फा भूई त्यहाँ ओछ्याएको राडी हाम्रा घरका आधुनिक डाइनिङ टेबुल फिक्का लाग्थे। भोक निकै लागेको थियो।थालको भागमा पाँच औंला राखेर गम गम खान थालियो। भरी थाल खाली हुँदा खाना, सब्जी, दाल,अचार, के थप्नु सामान्य र आवश्यक बोलचालमै खानपिनको समय सकियो।
केहीबेर पहिल्यै स्वागत गरेको राडीमा आएर सुस्ताइयो। भरे फेरी बास बस्न पुग्नु थियो घान्द्रुकको सङ्रग्रिला होटेल।त्यहाँ बसेर शरीरको थकाई मारेर सुख थिएन,अघि चढेको उकालो बाटो उर्लिनु थियो। ति जोडीलाई नजिक डाँकेर भालाकुसारी सुरु गरियो।
नचाहेरै पनि दश बर्ष अघि खाटा बसेको घाऊ उप्काउनु पर्यो। साथीहरुको उदेश्य थियो यदी अन्यायमा परेका यि जोडीलाई न्याय मिल्छ भने एकछिन् बगुन ति आँशु। आँसुको काम दुई पल्ट आउछ दु:खमा र सुखमा। साथीहरुले सोधेको सवालमा ति जोडी आफ्नी नाबालक छोरीको सम्झनामा रुन्थे ज्यादा, बोल्थे कम, बोल्दा तिनको सास अड्किन्थ्यो। घाँटीमा गाँठो परेर हिक्क हिक्क हुन्थ्यो। कठै कसरी बुझ्थ्यो मन? आफ्नै फुपाजुको साथ लगाएर मामा घर लगेर छोड्दिनु भनेर पठाएकी एघारे बर्सिए कलिली छोरीलाई घाँटी थिचेर मारेर फालिदिँदा कस्तो पापी मन त्यो निर्दयको?कल्पना गर्दा पनि मुटु काप्छ। आँसुको पोखरिमा पौडिदै आफ्नो व्यथा कहे तिनले।
हुनत सोधपुछ गर्ने हामी पहिलो ब्यक्ती थिईनम। पुलिस प्रशासन विदेसी सबै सबैले सोधिरहे तिनको व्यथा तर कसैले हत्यारालाई दुई चार महिना भन्दा ज्यादा जेलको काल कोठरिमा कोच्न सकेनन्। पैसाको अगाडि ति गरीब र निमुखाको आवाज दबियो। तिनले रुन जाने आफ्नी छोरीको सम्झनामा। आफ्नो पहुच नपुगेको कारणले सजाया दिलाउन सकेनन्। पूजापाठ गरे। लामा पढाए। आफ्नी छोरीको यादमा माने बनाए। तर पनि आफ्नी छोरीको आत्मा स्वर्ग जान नसकेर यतै भट्किरहेको जस्तो लाग्छ।तिनकी छोरीको हृदयबिदारक कथा हामीले मन कुड्याउदै सुनिम। उनिहरुले आँसुको भेलमा डुबेर सुनाए।
लामो श्वास तानेर पारी पट्टिको घान्द्रुक बजारलाई नियालियो। घाम उकालो लाग्दै थिए। हामीलाई बासमा पुग्नु थियो। कत्रो ठुलो मन कठैबरी शब्दमा ब्यक्त गर्न नसकिने। केवल महसुस मात्रै गर्न सकिने। श्रीमान हामी सँगै बसे। भुकम्पले भत्काएर कालो पलास्टिक ओढाएको आफ्नो एक पाखे भन्छा घर देखाए। जिविका उपार्जनको माध्यम खच्चड र हालसाल त्यसैको कमाइबाट होटेलको घर निर्माण गरेको खुशी बाँडे।
श्रीमती सुटुक्क भित्र पसेकी थिईन। हाम्रा लागि खादा र फूलका एक एक थुङगा बोकेर अाइपुगिन्। पर्ने थिएन हामीले एउटै स्वरमा भनिम,तर ति जोडीले मानेनन्। उसै त दुखेको मन फेरी किन दुखाउने?हामीले आ आफ्नो भागको खादा ओढेर त्यहाँबाट बाटो लागिम,फेरी आउने बाचा गरेर।
गीता थापा-इटहरी
0 comments:
Post a Comment