Home » » गजल (यै प्रीतिमा मैले चोट खाएँ साथी)

गजल (यै प्रीतिमा मैले चोट खाएँ साथी)

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Thursday, August 20, 2015 | सम्प्रेषण समयः 1:25 AM

नानू मगर
किचनास ८ स्याङ्जा
यै प्रीतिमा मैले चोट खाएँ साथी।
उस्कै खुसी हेर्दा आँसु पाएँ साथी।

बिस्वास लागेरै ज्यान सुम्पेको थेँ।
धोका दिदा चाहा नै हराए साथी।

सुन्छौ भने मेरो गीत यो पीडाको।
सोच्दै नसोचे है क्यारि गाए साथी।

यो भाग्य फाट्यो रे यो लुगा जस्तै भो।
धागो सियोले नै हो सिलाए साथी।

छाती जल्यो रोएँ बेस्सरी चिच्चाएँ।
सम्झी चिठी लेखे रै पठाए साथी।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment