Home » » गजल (आगनीमा मेरी आँसु झार्दै होलिन्)

गजल (आगनीमा मेरी आँसु झार्दै होलिन्)

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Thursday, August 6, 2015 | सम्प्रेषण समयः 1:46 AM

आगनीमा मेरी आँसु झार्दै होलिन्
आएन नि बाबु भन्दै आश मार्दै होलिन्

बस्ने एउटा बास पनि बन्दकीमा प¥यो
सबै बस्तु कुम्लो पार िअन्तै सार्दै होलिन्

खाने  कुरा केही छैन अन्न बाली खाली नै छ
पानी खाँदै मेरी आमा छाक टार्दै होलिन्

चाडपर्व आए होलान् सबै नयाँ लुगा लाउने
मेरी आमा थोत्रो सारी मुजा पार्दै होलिन्

विदेशिए काम छैन दाम अनि माम छैन
धिक्कारेर आफूलाई आफै हार्दै होलिन्

रञ्जित भण्डारी
धम्जा–९, माझकटेरा, बाग्लुङ्ग



(१४५ औं मोती जयन्तीको अवसरमा नवोदित साहित्यिक वाचनालय, कतारद्वारा आयोजित खुल्ला गजल वाचन प्रतियोगितामा वाचित प्रतियोगी गजल)

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment