राजन रिमाल
नेपाल कुबेत डटकम
भूजीकोट डाँडो, रमाइलो साह्रै स्थानकोट दगाम
यहाँबाट देख्ने ठाउँको हजुर, हुदैन वर्णन
दुलेगौडा तल ढोरफिर्दी घारी मास्तिर भूजीकोट
उकाला ठाडा, पहरा पाखा, गुराँसका राता वोट
मखमली बुकी फूलका घारी, गुहेलो फक्रेको
भञ्ज्याङ्गबाट देखिन्छ दृष्य, पोखरा हाँसेको
बैदाम, रुपा, बेगनास ताल, चौकीदार सराङ्गकोट
सुतेको त्यो पृथ्वी मार्ग, देखिन्छ वि.पी.चोक
दक्षिणतर्फ सुतेको सेती, दृष्य सुरौदी, मादीको
दुलेगौडा बजार, जुवादी फाँट, लालिम पारिको
क्षेत्रफल थोरै घनत्व धेरै खचाखच भरियो
पञ्चायत उहिल्यै उदेनढुंगा दुलेगौडा सारियो
हिमचुली, वरचुली, छिम्केश्वरी, कोटदरबार मानुङ
नेपालकै एक सुन्दर भूमि दुलेगौडा तनहूँ
यो मेरो प्यारो दुलेगौडा बजार सुन्दर नगरी
नयन उठाई हेर्दाखेरि देखिन्छन् नेपालका पगरी

0 comments:
Post a Comment