![]() |
आरके ‘एलन’ मुखिया |
लेख्नु पर्छ फूल देखि माली सम्मका गजलहरु
कुठाराघात हुँदैछन् नैसर्गीक अधिकारहरु
लेख्नु पर्छ साेझा देखि जाली सम्मका गजलहरु
दिन रात फुलिन्दैछन् नेता तर सुक्दै जनताहरु
लेख्नु पर्छ सियाे देखि फालि सम्मका गजलहरु
पर्दा फास गराैं नराम्राे काे हुन अनि राम्राहरु
लेख्नु पर्छ थप्पड देखि तालि सम्मका गजलहरु
मूल्याङ्कन गर्नु पर्छ कति भयाे देश विकाशहरु
लेख्नु पर्छ भित्ता देखि अालि सम्मका गजलहरु ।
आरके ‘एलन’ मुखियाको एक्लो आग्रहबाट
0 comments:
Post a Comment