Home » » दृष्टिकोण बद्लनु पर्छ

दृष्टिकोण बद्लनु पर्छ

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Saturday, August 29, 2015 | सम्प्रेषण समयः 11:47 PM

मान्छे-मान्छे बीचमा रहेको मत-भिन्नताले हामीलाई अझैँ पनि पछौँटे 'नै बनाएकोछ। पछौँटे बन्नु र बनाउनुको मुख्य कारण कुनै नौलो होईन। यो त परापुर्व कालदेखिनै चल्दै आएको समय सँगै नबद्लिएको
गीता थापा ‘दोषी’
हाम्रो सोच र परम्परा रितिरिवाज'नै हो। समाजको अगुवा र समाज सञ्चालन गर्ने ब्यक्तिमै एउटा सिंगो समाज र पूरा देश अल्झिएको हुन्छ। हरेक बिचार हरेक क्षेत्र र हरेक तह,तप्काका मान्छेलाई समाजिक सोच र बिचारहरुले बाँधेको हुन्छ। यदि समाजसेवी ब्यक्तिहरु बुद्धिजीवी भैकन (महत्वाकाङ्क्षी )प्रवृत्तिका छन् भने!हामीमा परिवर्तन भन्दा पनि साँघुरो बिचारले हावी गर्दछ।

आजको निर्माण र सहजता भनेकै हिजो हो। यदि हिजोमानै पारदर्शी बिचार थिएन र आज यो डरलाग्दो बिकाराल परिस्थितीबाट समाज देश र हामी जनता गुज्रिरहेका छौँ। भने समाजमा ल्याउन खोजेको परिवर्तन र देशको बिकासमा सम्भव हुदैन।र आजबाट भोलि ती देशका कर्णधारले के आसा राख्ने?हामी सँग जवाफ छ? पैसा र पदको भरमा झूठो नारा-बाजीले हाम्रो देश अघि होईन पछिनै धकिलिँदैछ। अझै पनि हामी एकले अर्काको सम्मान गर्न जानेका छैनौँ।

अरुलाई सम्मान गर्नु पर्दा हामीलाई आफ्नो सम्मान हराउने भयले सताउछ। हामी मान्छेको असल बिचारलाई कदर गर्नु पुर्व उसकोलुगा लगाउने तरिका र सम्पत्ती उ बस्ने देश र बाउ बाजेका पृष्ठभूमिको आधारमा गल्त (प्रवृत्तिका मान्छेलाई) पनि असलमा राखेर (मुल्याङ्कन) गर्दछौं। केही गर्न सक्ने क्षमतावान ब्यक्तित्वको धनी पैसाको गरिवीको आगोमा पिल्सिएका इमान्दारी ब्यक्तिलाई इमान्दारिका भरमा आफुभित्र राखेर ब्यवहार गर्नै सक्दैनौं। किनकी!हाम्रो अरुको राम्रो कुरा र उसले गरेको प्रगती सहने क्षमता छैन्।समय र युगले नयाँ सालमा प्रवेस गर्दैमा हामीले हामीलाई परिवर्तन गर्न सकिनौं भने समयले खोजीको परिवर्तन हामी दिन सक्दैनौं । त्यसकारण हाम्रो जीवन ब्यर्थै हुनेछ। सहर बनेर गाउँ बन्दैन! गाउँ बनेपछि मात्रै सहर बन्छ भन्ने कुराको हेक्का हामीमा भएन भने हामीले गर्न खोजेको देश बिकासको प्रयास सफल हुदैनँ।

अहिले हाम्रो नेताहरुका यो हाल हुनुका कारण पनि त्यहिँ हो। कुर्सीको मोहमा डुबेर उनीहरुले नाङगा खुट्टा गाउँ बाट सहर पसेका कुरा नभुलेका भएँ?हिजो स्कूलको फिस तिर्नलाई आमा-बुवा मेलापात जनबन गर्न गएका कुरा नभुलेका भए?आज जनताबाट बिस्वाश उठेर यस्तो नैरास्य जीवनको सामाना गर्नु पर्ने थिएन। दु:ख पर्दा आश्रय लिएकै काख र झुप्रोलाई भुलेपछि,काही भलो हुन्छ। कितावी ज्ञानले मात्रै मान्छे सवल र सक्षम बन्न सक्दैनँ। सवल र सक्षम असल देश भक्त बन्नलाई मनलाई तालिम दिनुँपर्छ। हिजो आफुलाई दु:ख पर्दा भोगेका पिडालाई आज अरुमा दाँजेर हेर्न सक्नुँ पर्छ।पहिरन परिवर्तन गर्दैमा देशको जिम्मेवारी पूर्ण (परम-पिता) कोही पनि बन्न सक्दैन।

मार्क्सवादी-लेनिनवादी सिद्धान्त अपनाउदैमा कोही मार्क्स र लेनिन बन्न सक्दैन?
त्यो बिचार भित्र डुबेर ब्यवाहारमा लागु गर्न सक्नु पर्छ।
पुरानो थोत्रो लुगा लगाउदैमा कोही माहात्मागान्धी बन्न सक्दैन?
बिचार भित्र डुबेर ब्यवहरमा लागु गर्न सक्नु पर्छ।

कृत्रिम हरियाली देखेर हाम्रो प्राकृतिको बर्दान बनजङल मासेर देशलाई  स्विट्जरल्याण्ड बनाउने देवा स्वप्ना देख्नु केवल मुर्खता हुनेछ।बिचार बरिवर्तन नगरी देखेका स्वप्नामा महत्वाकाङ्क्षा लुकेको हुन्छ। महत्वाकाङ्क्षाको झुठो आस्वास्नले देशको बिकाश गर्न सकिदैंन। त्यसैले तपाईं हामी सबैले सोच्ने बेला यही हो। मान्छेले-मान्छेलाई हेर्ने गलत दृष्टिकोण बद्लनु पर्छ।असल मानिसहरुका पहिचान भनेकै बाँच र बाँच्न-देउँ भन्ने मुलमन्त्र अप्नाउन सक्दा सफल हुन्छ!

गीता थापा (दोषी)

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment