Home » » आज जन्म दिन को सम्झनामा

आज जन्म दिन को सम्झनामा

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Sunday, August 30, 2015 | सम्प्रेषण समयः 3:00 AM

नवराज ‘अटल’
२७औँ बशन्त को संघारमा
म पृथ्बीको गोलार्धको
भुमध्ये भागमा
एक मुट्ठी
प्राण लिएर
अलिकती सपना अनि रहरहरु सगै
जीवनका अनुभुतिहरुको भोगाइ सग निश्फिक्री सँग
मरुभुमीको पत्थर सग जुधिरहेको छु ।।
यात्रा को यात्री म
पाहिला एक यात्रा अनेक
खै कसरी मनाउ

मेरो जन्मदिन
जहाँ तिमी र म
अलग अलग मोडमा छौ ।।
आमा,
म जन्मिदाको साल
घरबार बन्धक राखेर
बाबा प्रदेश लागे
चुक्ता नभएको ऋण
ब्याजको भारी सगै
रित्तो हात घर फर्किदा,
साहुको तम्सुक सगै लेखिएको थियो मेरो छैटै दिन ।।
त्यसैले
छोरा हुनुको बोध
तिमी ले दिएको संस्कार सग
म सधै प्रतिबद्ध थिए ।
आमा
तिमीले हामी लाई हुर्काउन
खाली पैताला
गाउबेशीमा
प्युठीमा भारी बोकेर
जीवन अनवरत भोगाइ सगै
फुटेका कुकुच्चाहरु मा
न हिउदको चिसो ठान्यौ न बर्षात को झरी नै
पिडा नै पिडा सहेर
तिम्रो स्नेहमा
लाग्थ्यो मेरा हरेक दिन जन्मदिन थियो ।
गतिशिल समय सगै
हरियो पासर्पोट बोकेर
फेरी
त्यही साहुको तम्सुक बोकेर

मुग्लान पसे ।
चुहिएको घरको छानो छाउने
तिम्रा हात मा खदिला बाला लगाउने
बाध्यता भित्र पनि रहर नभएका होइनन् ।
बिवश्तता को घडि
क्रमश साहुको बन्धक राखिएको घरबार को
तम्सुक निकाल्नु थियो ।
तर
आमा, हाम्रो नियति कस्तो खोटी हगी,
हिजो घरबार बन्धक थियो
आज आफ्नै जीन्दगी बन्दगी राख्दै,
किस्ता किस्ता मा चुक्दा गर्दैछु ।।
........................
बिहानी को झिसमिसेमा अर्धागनीको फोन को रिङ्ग सगै
जन्मदिन को शुभकामना मनिल स्वरमा आयो ।
म नाजवाफ थिए वा अनुत्तरित भए,
बिवश्तताको घडीमा
बिहेको महिना दिन नपुग्दै
साथ छोडेर मुग्लान पसेको
बर्षौ भएको भित्तामा टासिएको
पात्रो बोलिरहेको थियो ।
यादहरु को प्याला मा
प्रेम को हाम्रो दिप
प्रज्वल हुदै
सामिप्यताको आब्हान गरिरहेको थियो ।
प्रिया,
तिमी सगै बसेर जन्म दिन को केक काट्ने रहर
मेरा पनि नभएका होइनन् ।
तर
दोष न तिम्रो न मेरो
समयको खेल सगै
छुटेका हाम्रा साथहरु
अब छिटै
मिलन मा परिणत हुनेछन् ।
सगाल्नु पर्छ मन
अगाल्नु पर्छ भोगाई
त्यसैले
प्रतिक्षा गर प्रिया,
यस पटक को बर्थ डे त्यस्तै भो
अब,
म्यारिज एनिभर्सरीको केक सगै बसेर काट्नेछौ,
छुटिएका पलहरुको पिडा किस्ता किस्तामा साट्नेछौ ।।।

१२भाद्र २०७२

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment