Home » » मेरी परीको अस्मिता

मेरी परीको अस्मिता

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Sunday, August 30, 2015 | सम्प्रेषण समयः 10:29 PM

 महेन्द्र “वियोगी” गरुङ्ग
खै आज के को धुन घण्किदै छ कुनी
आधारातका सुमधुर मेरा निदहरु
अनायसै घचघचायो खै को हो कुनी
आपत्कालिन चित्कारका गोलीहरु
मेरो कान र मुटुमा
लेन्स् मिलाइ मिलाई ताकेर
चित्कारिक गोलीहरु वर्षीदै थिए
मुत्तिदाताको भरोषा गर्दै
मेरो बिकल्पको आधार नभेट्दा
चुपचाप थापिरहे ति गोलीहरु
कोहि गोलि पारि पटिको तारे भिरमा
नराम्रो गरि बजारिन्छ
अनि
फेरि मलाई नै आँखा तर्दै
मेरो जिन्दगी नै भस्म पार्न
फोहोराको रुप बोकेर
बारुदका लोलाहरु
मै माथि नै खनिन्छ
ति फोहोराहरुले मलाई
काम बेगमा रुपान्तर गरेर
मलाई र्नै सम्भोग गर्न थाल्छ
मेरो बेहोसिको फाइदा मार्दै
ति पापि काला रातले
मिरमिरेमा फालिदिए मलाई
थरथरिदै दुरबिनको साहारमा
ति तारे भिरलाई महलम लाउन
मेरा नानीका फोहोराहरु
भ्याएसम्म छर्दै हिड्छु
अनायसै मेरो फोहोराले
कोण बनाउदै जादा
ति तारे भिरको काखमा
फेरि म बेहोस् हुन पुग्छु
भयनक बम बिस्फोट भएछ
मेरो परिको अस्मिता अफ........
बिस्फो भएर बिचित्र अनि बेरुप
म आँखा दोषी ठानी
घरि घरि नजर लाउछु
हो त्यो पक्कै मेरै परि
आज मेरो परि
अर्कै आचार अर्कै स्वारुप
फेरी
उ त अन्तै बाटो पो मोणि
मलाई र्नै आँखा तर्दै
सरासर आफ्नै सुरमा
म जान्न आतुर थिए
उ माथिको यो भयानक घुम्टो
कस्ले ओढाईािदयो तिमीलाई
म पछ्याउनुको पिडामा उसले
म माथि चित्कारको सँखघोस गर्दै
तिमी पछि लाग्नुकोअर्थ छैन अब
म मेरै सँसारमा उड्छु
अब सुहाउदैन
तिम्रो सँसारमा
मेरो सपना र नजरहरु
जब तिम्रो सँसारले
परिवर्तनको घुम्टो ओढ्छ
अनि मात्र सुहाउछ
खुला भएर जुन सँसारमा
रथ भएर दौडिन
बरु म लँगडो नै हुन्छु
तिम्रो बाटो कुर्छु
पर्खिदै अर्को सँसारहरु



दोखु ७ ताप्लेजुङ्ग       
हाल दोहा कतार

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment