Home » » गजल (धुन बनि आउनु प्यारी)

गजल (धुन बनि आउनु प्यारी)

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Sunday, August 16, 2015 | सम्प्रेषण समयः 10:12 PM

बम्जन सुबेन 
गुन्गुनाइ रहुँला आफैभित्र धुन बनि आउनु प्यारी
प्रत्येक मेरो नशा-नशामा खुन बनि आउनु प्यारी |


सम्झनाले छाती पोल्दा छट्पटिएर कतै ढल्न सक्छु
पवनसँगै पुर्णिमाको शितल जुन बनि आउनु प्यारी |


आँखा तर्दैछन यहाँ मान्छेहरु, ईर्श्या् अनि डाहाले
पित्तल होइन सके अझ सुन बनि आउनु प्यारी |


सबको पैतलामा लाग्ने भुइँको धुलो बन्नु भन्दा
बरु जाती हुन्छ पहराको चुन बनि आउनु प्यारी |

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment