जहाँ द्रिष्यलोभिने हरिया घाँसे मैदानहरू छन् । जहाँ पहाड बाट हल्ला गर्दै खस्ने छरिता खोलाहरूपनि छन् । वर पर हिरा चम्कने शहरहरूले प्रत्यक पुलकावली मनहरूलाई साँझ साँझ प्रेमपुर्वक न्योता टक्राउँछ । घुम्तीघुम्तिका इमारती नगरिहरुमा उर्वशीहरूको बल्छी थापेर सोझा सिधा मजदुरहरूलाई पर्खेर बसिरहेकाहुन्छन् पहेँला शहरका काला मान्छेहरू ।
त्यो देश !
त्यो देशतपाईँलाई कस्तो लाग्छ ? त्यो हो यमराजको देश, जहाँ मुटु नभएका अस्थिपञ्जरहरू राज्य गर्छन् । त्यहाँका काला भुतहरू परदेशी जीवनहरुलाई मनमौजी गर्न पाउने उत्तराधिकारीहरू हून ।
देश त त्योदेश नै हो । कर्मस्थलमा ब्यस्त रहेका मेहेनेती मांसपेशीहरू माथी चिसा र धारिला अस्थिपञ्जरहरूले दवाव थोपर्छन । मृत्युको सनसनीपुर्ण कोलाहलमा जतिखेर पनि ती भुतहरू क्रुरतापुर्ण आतंक मच्चाउछन । र निरिह खप्परहरूलाई गल्फ हान्छन । हेर्दाहेर्दै जीवन हल्का फूलका पातहरू भन्दा छिटो खस्छ र मुल्यहिन माटोमा विलयन हुन्छ ।
त्यो देश -
जहाँ नियमछैन, नीति छैन, त्यो यमराजको राज्यमा भुत जस्ता आतंककारीहरुकै बर्चश्वता छ ।
मान्छेहरूमर्छन्, मान्छेहरू मार्छन्, मान्छेहरू मारिन्छन्, मर्नै मर्नेको देशमा लस्कर लागेर मरिदिने हामिहरू पनि कस्तो ? की परिस्थिती ? य त बाध्यता ? त्यो देश पशुलाई जस्तै मुग्लानीहरू माथी हतियार उठाउने देश् भएको छ आज । घटियाहरूको देश भएको छ,चुतियाहरूको देश भएको छ, हत्यारै हत्याराहरूको देश भएको छ र पनि छाती खोलेर त्यहि देशको गन्तव्य लिन्छौँ हामि । जानि जानि गएर मर्छौँ, मारिन्छौँ अनी भन्छौँ, नेपाल सरकार मुर्दावाद !
त्यहाँ जानुभनेको जानि जानि आगोको तलाऊमा हाम फाल्नु जतिकै हो, यसमा सरकारको दोष के ? सरकारले आफ्नै देशलाई खतरामुक्त पार्न सकेको कहाँ छ ? सरकार स्वयम् जनताहरु सँग सुरक्षा मागिरहेको छ, त्यस्तो सरकारलाई धिकारेर शब्दहरूलाई किन खेर फाल्नु? आफ्नो लागिआफैले ख्याल गर्नु पर्ने शिद्धान्तहरू पहिल्य आफै बाट प्रतिपादन गर्नु पर्छ ।
त्यो घटिया देश, जसलाई थुक्दा पनि थुक खेर जान्छ । माफ गर्नुहोला, देश शुन्दर भए पनि त्यस देशमा रहेका जति जारहरू छन्,दुष्टहरू छन्, उनिहरुलाई सरापेको शब्द हो मेरो । किन नसराप्नु ? हाम्रा ईतिहासनायकहरूले कालन्तरमा वैरिका पाशो बाट थुतेर स्वतन्त्र भुमी स्वरुप छोडेर आएको टुहुरो देश हो, जस्ले नेपाललाई गुणग्राहिता र कृतज्ञताको रुपमा लिनु पर्नेमा उल्टै त्यहि देशका मान्छेहरू नेपालिहरूलाई दमन गर्छन्, पिट्छन्, मार्छन्, गुण बिर्सने अवगुणिहरु यदि हाम्रा पिता-पुर्खाहरूले मुक्तियुद्ध त्यो देशमा नलडिदिएको हुन्थे त जापानीहरूले एक किलोको किटको मुन्द्रो नाक र कानमा झुण्ड्याइदिएर अहिल्य सम्म दासको रुपमा कोर्रा हान्दै राख्थे ।
मैले नौ बर्ष संघर्ष गर्नु परेको त्यो भुमि, त्यति खेर पनि खाल खालको सन्देहात्मक र अचम्ममृत्यु भोग्नु पर्थ्यो हामिहरूले । उनिहरु सँगको लडाँई त त्यतिखेर पनि हुन्थ्योनै, त्यहाँका काला र धुस्रे रङ्गका त्रर्साउनेहरू सँग हामि रड र लौरो लिएर प्रतिवाद गर्नु पर्थ्यो । त्यतिखेर भने त्यो देशमा थोरै भए पनि हाम्रो सुरक्षा थियो, नियम थियो, र प्रतिकारमा लौरो बोकेर उभिएका हामिहरूलाई देख्दा हिच्किचाउँथे। त्यसबेलाको मृत्यु की सुत्दा सुत्दै सासहरू निन्द्रा संगै जान्थे, की गाडी दुर्घटना की मेसिनहरूले रेटिएर हामि मर्ने गर्थ्यौँ । तैपनि आवाज उठ्थ्यो गोलबन्द नेपालिहरू बाट मृत्युले प्रमाणित हुनु पर्ने दवाबमा ।
त्यस्तै हुँदै चार् बर्षको मुद्धा मुकदमा फर्साएर फर्किने हामि नेपालिहरूको मुख्य गवाही हुँ म । मैले कुराणहरूलाई आफ्ना टाउकामा राखेर कति चोटि झुठो किरिया खाएको छु,जस्ले गर्दा रात्रिन्दिव तर्साउने भुतहरुका ती प्रेतभुमी खोसियो । हामि केही समयसम्म रमाइ रमाई दगुर्न पायौँ, स्वतन्त्र खेल्न पायौँ आफ्नो निवासमा ।
त्यस्बेला यस्का उपमा त्यहाँ समाजसेवी रुपमा रहेका केही संस्था या मिडियाहरुको नाम लिनभुल्नु हुँदैन । म बिर्सन्न, श्रम साप्ताहिक्, जस्ले श्रमिकहरू प्रति इमान्दार रहेर निकै न्यायिक भूमिका आचरित गरेको छ ।
आज हाम्रा मान्छेहरू पुन पिटिन थालिएका छन्, सजिलै सँग मार्न थालिएका छन्, भिड्भाड्मै,त्यहाँका मानवसेवकहरुका आँखा सामुन्ने हाम्रा मान्छेहरूको विभत्स हत्या गर्न थालिएका छन् । कोहि नारीहरू आफ्नो कौमार्य लुटाएर दोजिया सहित् फर्कन परेको छ, कोहि बलात्कार पछी मारिएर निर्वस्त्र फालिएको छ सार्वजनिक स्थलमै । हामि तुच्छपुर्ण आफैमा असुरक्षित र अब्यबस्थित भैरहेको देशमा फेरि किन गैरहेका छौँ ? जहाँ चारैतिर मृत्युहरू बत्तिँदै दगुरिरहेका हुन्छन् । अघि भेटिएकाहरूलाई सिध्याउन चतारिएका गाईहरू जस्तै मृत्युका हुलहरू हुइँकिरहेका हुन्छन् । र पनि हामि मृत्युलाई काँधमा हाल्न किन त्यतै तीर लम्किरहेका छौँ ?
म सतर्कगराउन चाहन्छु, ए आफ्नाहरु,
सावधान !
त्यो देशमा अहिल्य मान्छेहरू छैनन्, त्यो देशमा अहिल्य मान्छेहरूको राज्य छैन, त्यता तीर लम्कने पाइलाहरू रोकेर अन्तै जाउँ, जहाँ मान्छेहरू भेटियोस, मान्छेहरूको राज्य होस्, मान्छेहरूको सम्मान होस्, तर त्यस बिषाक्त भुमीको कल्पना सम्म पनि नगरौँ । म भन्न सक्छु त्यो भुतहरूको देश । त्यो यमराजहरूको देश । भयङ्कर अवैध र अचरित्रताको देश,
त्यो मलेशिया हैन -
मरेसिया !!!
0 comments:
Post a Comment