Home » , » यहाँ यस्तै यस्तै हुन्छ

यहाँ यस्तै यस्तै हुन्छ

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Saturday, August 29, 2015 | सम्प्रेषण समयः 11:35 PM

युगयोगी राई
मेरो देशको जस्तो घाम
लाग्दैन यहाँ
इलामको श्रीअन्तु
पोखराको माछाप
माछापुछ्रे
धोलागिरि र
सगरमाथाको टाकुरामा जस्तो
यहाँको घामले
बिहानी बोकेर
सुनको लेप लाउदैन ।

जन्मदै रेबिज लिएर
निर्दयी बनेर यहाँको घाम
आगोको गोला बोकेर
सिटी सेन्टरको टावरमा ठोकिन्छ र
हाम्रो टाउकामा खस्छ
हामीलाइ उमाल्न थाल्छ
हाम्रो मगज बिथोल्छ
मरुभूमिमा पोखिएर
यो घाम
पोथ्रा पोथ्रीमा
हुर्कदै गरेका ठुकुरका बचेराहरु
भ्वाक भ्वाक झार्छ भूइमा ।

मेरो देशको जस्तो जून पनि
आउदैन यहाँ
मेरो घर-आगनमा
शितल,शान्त,उन्यालो मुहार लिएर मुस्कुराउदै
आउछ त केवल
ग्रहण बोकेर
तर्साउने भूत जस्तै
तर
उल्टै भाग्छ हामीदेखि ।

मेरो देशको जस्तो स्वच्छ हावा पनि
बहदैन यहाँ
लामो आयु र आशिर्वाद बाड्रदै
यहाँको हावामा त
बीष घोलिएको हुन्छ
मृत्यु बोकेर
यहाँको हावाले
मान्छेको मुटु खोज्दै हिड्रछ
कि त घामसित मिलेर
हाम्रा छालाहरु
तास्न आउछ ।

हो,
यहाँ यस्तै यस्तै हुन्छ
यहाँको वातावरणले
थहाँ नै नपाइ कहिले कहिले
हाम्रो शिरमा काँस फुलाउछ
हाम्रा हात खुट्रटाका जरा तान्छ र
हामीलाइ बिस्तारै बिस्तारै खान्छ
हो, हामीलाइ बिस्तारै बिस्तारै खान्छ ।

फुच्चे साहित्यकार-युग'योगी'राई 
नवोदित साहित्यिक वाचनालय,कतार

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment