Home » » गजल (तिमी र म मिलेर माया साटौ भन्थ्यौ)

गजल (तिमी र म मिलेर माया साटौ भन्थ्यौ)

सम्प्रेषकः नवराज "अटल" | सम्प्रेषण मितिः Thursday, August 6, 2015 | सम्प्रेषण समयः 1:41 AM

तिमी र म मिलेर माया साटौ भन्थ्यौ,
अछुत जात भन्नेको जरै काटौ भन्थ्यौ ।।

नमूना यो प्रेम जालको विज रोपौ भदै,
असमान विभेदको आख्ला छाटौ भन्थ्यौ ।।

सगै बाच्ने सगै मर्ने बाचा कसम खाएर
परिवर्तन समाजको डोरी बाटौ भन्थ्यौ ।।

बर्गिए खाडलको बाँध तोडौँ भनि ,
मिरमिरे आकासका तारा फाटौँ भन्थ्यौ ।।

अटल विश्वास असिम रात सजाउदै,
दुई आत्माको मिलन अब आटौँ भन्थ्यौ ।।

नबराज “अटल”
(मरुभूमीको साहित्य यात्रा)२०६५
संयुक्त गजल सङग्रह

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment