आचार्य प्रभा
उषा र सुधा सानै देखी मिल्ने साथी बैवाहिक जीवनमा बाँधिए पछी पनि संजोग बस एकै शहरका छिमेकी बन्न पुगे। उनिहरु असाध्य मिल्छन भविष्यका योजनाहरु पनि उस्तै र एकै साथ बनाउँछन् । दुवैजनाका एक छोरा र एक छोरी छन् । मध्यम बर्गका दुवैजना जागीरे भएकाले सुखी र खुशी पनि छन् । श्रीमानहरु पनि दुवैका असल छन् । जसो तसो जीवनको गाडी हाँसी,खुशीमा बितिरहेकै बेलामा एक दिन उषाकी छोरी ''निलु ''ले आफ्नो खुशी विवाह गर्छे शहरकै एक युवकसँग। उषा अती नै मर्माहत बन्न पुग्छिन् । छोरीले बिना सरसल्लाहा आफ्नो जीवनको आफै निर्णय गरेकीले ।
आफ्नी साथी उषाको यस्तो बिह्वल अवस्थामा सुधालाई चोट पुग्छ। ऊ जहिल्यै पनि आफ्नी साथीको आसुँ पुछ्न वाध्य हुन्छिन् । अनेक थरी आश्वसन् दिएर आफ्नी साथीलाई खुशी राख्ने प्रयत्न गर्छिन् । उषाको त्यस्तो दुरावस्था देखेर उस्लाई यस्तो भान हुन्छ साँच्चै ''म त कती सुखी आमा रहिछु '' भनेर। यसरी समय बितिरहेको हुन्छ । ऊषा छोरीको पीर र सम्झनाले म्रित समान हुँदै जान्छिन् भने उता सुधाको छोरीको धुम्धामका साथ मङनी विवाह हुन्छ। धनाढ्य र सम्पन्न परिवारमा छोरीलाई सुम्पिन पाएकोमा सुधा भित्र भित्रै गमक्क पर्छिन् र सधैं प्रफुल्ल देखिन्छिन् । यसरी दुई मित्रको जीवन भोगाइमा बेग्ला बेग्लै परिवर्तन आउँछ। स्त्री जाती न हो जे जस्तै भएपनी धनसम्पती ,सुन ,चाँदिको रवाफ गर्नै पर्ने बाध्यता। अरुलाई के पर्छ सोँच्दै नसोँची खाली आफ्नो मात्र प्रशङ्सा छाँट्नु पर्ने धाक । यस्तै वाध्यताको शिकार भैसकेकी थिइेन् सुधा पनि। अब सुधाको नियम नै बनी सकेको थियो आफ्नी साथी उषालाई छोरीको प्रशंसा र बयान सुनाउने अनी साथीकी छोरीलाई चाँही निरीह र अभागी ठानेर कठैबरी '!तिम्री छोरी पनि सुजु जस्तै भाग्यमानी भए, त्यस्तै धनी परिवार र असल केटोसँग विवाह हुने थियो नि। बिचराको भाग्य नै खोटो रहेछ। आफैले रोजेर त्यस्ता गरीबसँग जानु पर्यो ।
यस्ता यस्ता वाक्यहरु बाहेक अब सुधाको मुखबाट उषाले केही सुन्न पाउँदैन थिइेन् । आफ्नी साथीको बद्लिदो ब्यवहार र छोरीप्रतिको अहमताको शब्दहरुले उषालाई त्यस्तो मिल्ने साथीसँग नै तिरष्कार लाग्न थालि सकेको थियो। छोरीको जीवन के कस्तो हुन्छ ?भन्ने सोचाइमा नै उषा बिरक्तिन थालेकी थिइेन् । आफ्नै खुशीले विवाह गरेकी कारण उषालाई छोरीप्रती घ्रीणा लागेको थियो र छोरी छुटेको दुई दुई बर्ष बितिसक्दा पनि उस्ले छोरीको खोजिनिती गरेकी थिइेनन् । दुइचार पटक साथीकी छोरी गर् -गहनाले सजिएर निजी कारमा माइती आउँदा उषालाई आफ्नी छोरी चाँही म्रीत समान लागेको थियो । उषाले भन्ने नै गर्थिन् । ''मेरी छोरी अब मेरो लागि मरी सकी भनेर । यस्तो आलो घाउमा उषालाई साथी सुधाले अझ नुन,चुक छर्ने गर्थिन् । यसरी दुई मित्रबिचको सम्बन्धमा परिस्थिती र समयले अर्कै खेल खेलाई रहेको थियो। समय बितिरहेको थियो उषाको घरमा सुधा धेरै कम् आउन थालेकी थिइेन् । उनिहरुको भेट्घाट्को क्रम पातलिंदै गैरहेको थियो ।
एकदिन अचानक सुधा र उषाको बाटोमा भेट् भयो । सुधाको मुहार केही मलिन् थियो। उन्ले पहिला झैं छोरीको कुरा पनि अगाडि राखिनन् । सुधाको ब्यवहारमा परिवर्तन आए पनि उषाले केही सोध्न चाहिनन् किनकी उषा अर्काको ब्यक्तिगत मामिलामा हस्तक्षेप गर्न त्यती रुचाउँदिन थिइेन् । साथीको परिवर्तित् ब्यवहारले उषालाई कता कता मनमा शंका पनि उब्जियो। कतै सुधाकी छोरीलाई केही त भएन ?त र पनि उनी चुप्चाप घर फर्किन् । घरमा पुग्नसाथ उनको आँखा एउटा पत्रीका माथी पर्न गयो । पत्रीकाको मुख्य पेजमा ठुलो शिर्षकमा लेखिएको खबर थियो। ''श्रीमानको कुलत बानी र खराब ब्यवहारले गर्दा श्रीमतीले म्रीत्यु रोज्न वाध्य भएर जीवन र म्रीत्युको दोसाँधमा । '' यस्तो समाचार छापिएको थियो जुन समाचार पढि नसक्दा नै टेलिफोन को घन्टी बज्यो । ऊषाले हठातको साथ फोन उठाइेन् । लग्भग तीन बर्ष पश्चात उषाले फोनमा छोरी नीलुको आवाज सुन्छिन् । नीलुले भनीरहेकी हुन्छे "मम्मी हामी निरज र म एकहप्ता पछी अमेरिका उड्दैछौं । हामी दुवैले हाम्रो अफिसबाट दुई दुई बर्षको लागि अमेरिका जाने प्लान पायौँ । जे जस्तो भए पनि हामी जान अगाडि हजुरहरुको आशिर्वाद लिन चाहन्छौँ । निरजले (ज्वाँई)पनि मम्मिहरुलाई भेट्ने चाहना गरेको छ। अब फेरि अमेरिकाबाट फर्कन समय लाग्छ त्यसैले यदी हजुरहरुको आज्ञा भए हामी भोली आउँछौं ।
उषा किङ्कर्त्ब्यबिमुढ हुन्छिन् । कता कता आँखाबाट खुशीको आसुँ झर्छ अनी एकै क्षणमा साथी सुधाकी छोरीको खबरले दु:खको आसुँ पनि झर्छ। छोरीलाई केही भन्न नपाई छोरीले फोन राखिसकेकी हुन्छे। ऊषा बिचलित बन्दै सुधाको घरतिर लाग्छिन् । मनमा नानाथरी कुराहरु खेल्न थाल्छन् । उस्लाई लाग्छ ''भाग्यको खेल पनि कस्तो हुदो रहेछ ?''उ आफैलाई धिकार्छिन् । ''मैले छोरीलाई किन त्यस्तो ब्यवहार गरें भनेर? अनी सुधालाई सम्झन्छिन् । छोरी हुने मान्छेले कहिले पनि अहम गर्नु हुँदैन भनी।
(अमेरिका )
0 comments:
Post a Comment