Home » » गजल (महलबाट आफूलाई सर्वहारा,घोषित गरेर)

गजल (महलबाट आफूलाई सर्वहारा,घोषित गरेर)

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Tuesday, September 8, 2015 | सम्प्रेषण समयः 3:34 PM

के पाईयो तीनलाई प्यारा,घोषित गरेर
बचिन्थ्यो कि बरु आवारा,घोषित गरेर

मेरो देशमा एक लासलाई,यसरी जलाईयो
उसैलाई उसको हत्यारा,घोषित गरेर !

लठ्ठीले झैं कुनै सन्तानले,आफैं बुझ्नुपर्छ
प्रमाणपत्र दिनुपर्दैन सहारा,घोषित गरेर !

उसले साँच्चै लडाईलडाई,सबैलाई हराईदियो
महलबाट आफूलाई सर्वहारा,घोषित गरेर

नचाउरिएका वृद्दा देख्दछु,अचेल शहरमा
राखिया’छ चाउरिएकाको कमारा,घोषित गरेर !

-उदास अनन्त

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment